काठमाडौं
शान्ता अर्याल ६ महिनाको छँदा वुवा बेपत्ता भए । उनकी आमा उमाकली ज्ञवालीले उनी सहित ५ दिदीबहिनीलाई बुबा–आमा दुवैको माया दिँदै हुर्काउनु भयो । "/>

यी ५ छोरीहरु, जो आमाको किरीया गरिरहेका छन् …!

यी ५ छोरीहरु, जो आमाको किरीया गरिरहेका छन् …!


काठमाडौं
शान्ता अर्याल ६ महिनाको छँदा वुवा बेपत्ता भए । उनकी आमा उमाकली ज्ञवालीले उनी सहित ५ दिदीबहिनीलाई बुबा–आमा दुवैको माया दिँदै हुर्काउनु भयो । ९२ वर्षको उमेरमा मंगलबार आमाको निधनपछि यीनै पाँच दिदीबहिनी किरियामा बसेका छन् ।

‘आमाले हामीलाई बुवाको कमीको कहिल्यै महसुस हुन दिनु भएन,’ कान्छी छोरी अर्यालले भनिन्, ‘हामीले पनि आमालाई छोराको कमी महसुस हुन दिएनौं ।’ अर्घाखाँचीमा ५० वर्ष अगाडी गाउँबाट बुवा बेपत्ता भएपछि आमाको सहारामा हुर्केका यी पाँच छोरीले मंगलबार आमालाई दागबत्ती दिँदै पशुपतीमा किरिया बसेका हुन् । किरियामा ७० वर्षीया डोमादेवी अधिकारी, ६५ वर्षीया रिमा गौतम, ६० वर्षीया सीता गौतम, ५५ वर्षीया चन्द्रकला भट्टराई र ५० वर्षीया शान्ता अर्याल बसेका छन् । आमाले विभेद नगरी आफूहरूलाई हुर्काएको उनीहरूले सुनाए ।

पत्थरी र पक्षघात रोग लागेकी उमाकला पछिल्लो दुई वर्ष देखि कान्छी छोरी शान्ताको घरमा बस्दै आएकी थिइन् । पाँच दिदीबहिनी मध्ये जेठी डोमादेवीको श्रीमान् २२ वर्ष अगाडी नै बितेका कारण उनी भने सेतो कपडामा छिन् । अन्य दिदीबहिनी चोखो कपडामा किरियामा बसेका छन् । ‘श्रीमान् हुनेले सेतो लगाउन नहुने भएकाले जेठी दिदी मात्र सेतोमा हुनुहुन्छ,’ सीता गौतमले भनिन्, ‘हामी चाहीँ चोखो कपडा लगाएर आमाको किरियामा बसेका छौं।’
नागरिकबाट

 

 

Logo