काठमाडौं

शेर बहादुर देउवाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक लगत्तै उनले देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन् । "/>

देउवा आज बालुवाटार छोडेर निजी निवास जाने

देउवा आज बालुवाटार छोडेर निजी निवास जाने


काठमाडौं

शेर बहादुर देउवाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक लगत्तै उनले देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन् । प्रधानमन्त्री देउवाले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका थिए । गत २३ जेठमा माओवादी केन्द्र लगायत दलको समर्थनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रधानमन्त्रीका रूपमा देउवाको यो चौथो कार्यकाल हो । उनी यसअघि पहिलोपटक ०५२, दोस्रोपटक ०५९ र तेस्रोपटक ०६१ मा प्रधानमन्त्री बनेका थिए । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका देउवाले शुक्रबार नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन् । उनी बालुवाटारबाट बूढानीलकण्ठ स्थित निजी निवास जानेछन् ।

‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठ स्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने । यस अघि हिजो देशवासीका नाममा सम्बोधन गर्दै देउवाले संविधानमा तोकिएका तीनवटै तहका निर्वाचन सम्पन्न गर्दै प्रदेशहरूमा नयाँ सरकार बन्ने तयारी अन्तिम चरणमा पुर्‍याएको उल्लेख गरेका थिए । संविधान कार्यान्वयनमा आफू सफल रहेको उनले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौँ । यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रूपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ,’ देउवाले भने ।
नयाँपत्रिकाबाट

Logo