काठमाडौं
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन् । "/>

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई


काठमाडौं
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन् । प्रतियोगिताको ६ खेलमा सन्दिपले कुल १७ ओभर लिएको आइसीसीले जनाएको छ ।

यसैबीच सन्दिपलाई २० लाख भारुमा खरिद गरेको आएपीएल टिम दिल्ली डेयर डेभियर्सले डिभिजन २ को उपविजेता बन्न सफल भएकोमा नेपाललाई बधाई दिँदै सन्दिपको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ । दिल्लीले ट्वीटर मार्फत बधाई दिएको हो। सन्दिपका लागि डिभिजन २ शानदार टुर्नामेन्ट भएको भन्दै उनको उत्कृष्ट प्रदर्शनले नै उनलाई प्लेयर अफ द सिरिज पुरस्कारको हकदार बनाएको दिल्लीले ट्वीट गरेको छ ।
नागरिकबाट

Logo