टप १० ‘ड्रिम गर्ल’ (भिडियो रिपोर्ट)

टप १० ‘ड्रिम गर्ल’ (भिडियो रिपोर्ट)


ड्रिम गर्ल को होलिन ? नेपाली परिवेश अनुसार हेर्ने हो भनें भ्यालेन्टाइन ड्रिम गर्ल को होलिन त ? यो विषयमा फरक व्यक्तिका फरक मत हुनसक्छन् । कसैले आफ्नै प्रेमिका वा श्रीमतीलाई सम्झेलान्, तर त्यो भन्दा बाहिर निस्किएर सोच्दा कल्पनाको त्यो राजकुमारी को होला त ? टप टेन ड्रिम गर्लको खोजीलाई प्रणय दिवसको अवसर पारेर अगाडी बढाइएको थियो । विभिन्न पेशा र क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुमाझ ड्रिम गर्ल सर्चको अभियान लिएर पुग्यौं हामी । ड्रिम गर्लको रुपमा ति व्यक्तित्वहरुले आफ्नो मनमा सजाएका युवतीहरुको नाम जान्ने चासो थियो केन्द्रविन्दु टेलिभिजनको । मुलत ग्लामर उद्योगमा ड्रिम गर्लको बारेमा प्रशस्त चासो र चर्चा हुने गर्छ ।

त्यसो त संसारभर नै आकर्षक सेलिब्रटीको खोजि गर्ने ट्रेन्ड छ, त्यसबारे समाचार प्रकाशन र प्रसारण हुने गर्छन् । सेलिब्रेटी प्रतिको आम चासोलाई त्यसले थप ‘इन्डिकेट’ गर्छ । सेलिब्रेटी थप चर्चित वा लोकप्रिय बन्नुका पछाडी कारण पनि हुन्छन् । प्रतिनिधीपात्रको रुपमा २० व्यक्तिको साझा मतको आधारमा केन्द्रविन्दुले ड्रिम गर्लको नाम सार्वजनिक गरेको हो । साहित्यकार उत्तम भौकाजी निर्देशक सुरज भुषाल, निर्देशक प्रबिन श्रेष्ठ, ¥यापर प्रशान्त, निर्देशक दिवाकर भट्टराई, साहित्यकार मिनराज बसन्त, अभिनेता पल शाह, अभिनेता दीपकराज गिरी डिजे शिशिर, निर्देशक सबनव मुखिया, अभिनेता बिकास खतिवडा, अभिनेता भुवन केसी, मोडल निर्जन थापा, साहित्यकार अमर न्यौपाने, निर्देशक मिलन चाम्स, फुटबलर नवयुग श्रेष्ठ, अभिनेता कामेश्वर चौरसिया, निर्देशक ऋृषि लामिछाने, अभिनेता सहीन प्रजापति र अभिनेता कुशल बिष्ट ‘ड्रिम गर्ल’ छनौटकर्ता थिए । उनीहरुकै छनौटलाई आधार मानेर केन्द्रविन्दु टेलिभिजनले टप टेन ड्रिम गर्लको यो सुची तयार पारेको छ ।

प्रेम दिवसकै अवसर पारेर ड्रिम गर्ल खोज्नुको उद्देश्य आकर्षक व्यक्तित्वबारे नेपाली समाजमा खुला बहस छेड्नु हो । मिडियामा फ्रिक्वेन्ट्ली आइराख्ने महिलाहरु ड्रिम गर्लको यो सूचीमा परेजस्तो देखिन्छ, यो सत्य हो, मिडियामा नआएका तर आकर्षक इमेज भएका अन्य व्यक्ति पनि नेपाली समाजमा छन्, तर ड्रिम ब्वाइ–गर्ल देखिएकै अनुहारमा खोजिने हो ।

१०. एलिसा राई
– टप टेन ड्रिम गर्लको सुचीमा दशौं स्थानमा पर्न सफल भइन धेरैको रोजाईकि सेलिब्रेटी एलिसा राई । ‘योर स्टाइल’ भन्ने युट्यूव च्यालनवाट सर्ट फिल्म गरेर चिनिन थालेकी एलिसा राई चर्चित मोडल हुन् । धेरै म्यूजिक भिडियोमा देखिने उनी खासगरी ठमेल बजार बोलको गीतमा नाचेपछि चर्चाको शिखरमा पुगिन् । सुन्दरी एलिसाको सामाजिक सञ्जालदेखि युट्यूवमा असाध्यै क्रेज प्रदर्शन भएको देखिन्छ ।
यस्तै नम्बर दशौंमै रहिन नायिका वर्षा शिवाकोटी । नाइ नभन्नु ल २ वाट सिनेक्षेत्रमा प्रवेश गरेकि वर्षालाई चिनाउने काम चाहि चलचित्र पशुपति प्रसादले ग¥यो । त्यसपछि लप्पन छप्पन, सुब्बा साब, कारखाना जस्ता चलचित्रमा काम गरिसकेकि वर्षाले दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकि छिन् । पछिल्लो समय खुल्दै गएकि वर्षाको सौन्दर्यको धेरैले तारिफ गरेका थिए ।

९. निकिता चाण्डक
– टप टेन ड्रिम गर्लको नवौं स्थानमा आइन्, सन् २०१७ की मीस नेपाल निकिता चाण्डक । मिस वल्र्ड २०१७ मा टप ४० मा पर्न सफल र हेड टु हेड च्यालेञ्ज ग्रुप ३ को वीनर पनि हुन् उनी । त्यसैगरी ब्यूटी वीथ प्रपोजमा टप १० मा पर्न सफल भएपछि मीस वल्र्डमा समेत उनले शिखर छोएको चर्चा भयो । मीस नेपालको रुपमा अन्तर्राष्ट्रिय सफलता पाउनेमा उनैको नाम लिने गरिन्छ ।

८. इन्दिरा जोशी
– छनौटकर्ताहरुले सपनाकि राजकुमारीको रुपमा आठौं स्थानमा सम्झिए, इन्दिरा जोशीलाई । ‘उधे्रको चोली’ फेम गायिका इन्दिरा जोशी गायकीले भन्दा पनि स्टेज पर्फमेन्सको कारण चर्चामा रहन्छिन् । उनलाई गाउनका लागि देश–विदेशको स्टेजहरुले आमन्त्रण गरिरहेको हुन्छ । पाश्र्व गायनमा खास छवी बनाएकी इन्दिरा ग्ल्यामरस गेटअपको कारण पनि युवापुस्तामाझ लोकप्रिय छिन् । नेपाल आइडलमा जजको रुपमा काम गरेपछि त झन उनको चर्चा हत्तै बढ्यो ।

७. ओसिन सिटौला
नम्बर सातमा रहिन ड्रिम गर्ल ओसिन सिटौला । एक सफल कार्यक्रम प्रस्तोताको रूपमा चिनिने ओशिन सिटौला युवा पस्ता माझ निकै नै चर्चित अनुहार हो । उनी ‘एम एन्ड एस’ भिडियो म्यागेजिनको ‘हङगर हन्ट’ भन्ने कार्यक्रम बाट अहिले चर्चामा छिन् । चुलबुले बानी र सुन्दरताका कारण धेरैले उनलाई डिर्म गर्ल मान्ने गर्छन । अपिलिङ फिगरकि ओसिनलाई सामाजिक संजालमा फलो गर्नेहरुको संख्या उल्लेख्य छ ।

६. अदीति बुढाथोकी
ड्रिम गर्लको रुपमा क्रि अभिनेत्री अदिती बुढाथोकीले छैंटौं स्थान ओगट्न सफल भईन् । ग्ल्यामर बजारमा अदीति बुढाथोकीको चर्चा व्यापक छ । खासगरी हिन्दी म्युजिक भिडियो र वेबसाइटहरुमा कभेरज भएपछि उनको सोधीखोजी भयो । उनलाई हिन्दी अनलाइनले ‘सनी लियोनी जस्तै’ भनेर चर्चा गरे । यो चर्चा त्यसबेला भयो, जतिबेला उनी अनमोल केसीसँग फिल्म ‘कृ’ गर्दै थिइन् । नेपाली फिल्म उद्योगमै सर्वाधिक चर्चा पाएको फिल्म ‘कृ’मा अहिलेका सुपरस्टार अनमोलसँग जोडिएकी अदीति हट अभिनेत्रीको रुपमा छाइन् ।

५. रञ्जु दर्शना
– विवेकशील साझा पार्टीकी नेत्री हुन् रञ्जु दर्शना । काठमाडौं महानगरमा मेयरको प्रतिद्धन्दी भएर सम्मानजनक मत ल्याएपछि उनको चर्चामा हैसियत पनि थपियो । रन्जुलाई ड्रिम गर्लको रुपमा धेरैले लिए, उनको भोट बढ्नुमा उनको सौन्दर्यलाई पनि एउटा कारण मानियो । उनले पाँचौ नम्बरमा स्थान बनाइन् । ब्वाइजकट कपालमा स्टकोट लगाएर टेम्पो चढेपछि उनको फोटो भाइरल भयो । सानो पार्टी र चुनावी हारले पनि उनको चर्चा सेलाएन । सडकमा सेलरोटी पकाएर पनि उनले चर्चा बटुलेकीछिन् ।

४. प्रियंका कार्की
ड्रिम गर्लको रुपमा एक नम्बरमा प्रियंकालाई राख्न चाहनेको संख्या पनि राम्रै थियो तर समग्र भोटिङको आधारमा उनी चौथो स्थानमा रहिन् । प्रियंका कार्की पछिल्लो समयकी सर्वाधिक चर्चित अभिनेत्री हुन् । रेखा थापापछिको समय अभिनेत्रीको रुपमा उनको बढी चर्चा भयो । उनी फिल्ममा पनि निरन्तर छाइरहिन् । हट अभिनेत्रीको रुपमा चिनारी बनाएकी प्रियंका पछिल्लो समय भने अभिनेता आयुशमान देशराजसँगको सम्बन्धले पनि चर्चामा छिन् । उनी धेरै र सफल फिल्म दिने अभिनेत्रीमा समेत गनिन्छिन् ।

३. हिमानी शाह
ड्रिम गर्लको रुपमा तेस्रो स्थानमा रहिन पुर्व युवराज्ञी हिमानी शाह । हिमानी शाहलाई चिनाउने थुप्रै विशेषण छन् । एक त उनी राज खानदानकी बुहारी हुन् । पूर्व राजा ज्ञानेन्द्रकी बुहारी तथा युवराज पारसकी पत्नी हिमानी तीन सन्तानकी आमा पनि हुन् । यद्यपी उनको सौन्दर्यको चमक अझै उस्तै छ, जो नवयौवनामा हुने गर्छ । सार्वजनिक जीवनभन्दा अलग रहेरपनि उनी समाजसेवामार्फत सर्वसाधरणमाझ जोडिएकी छिन् । हिमानी ट्रस्टबाट सामाजिक उत्तरदायित्व वहन गरिरहेकी हिमानी नेपालकै आकर्षक महिलामा गनिन्छन् ।

२. रिमा विश्वकर्मा
टप टेन ड्रिम गर्लको दोस्रो स्थानमा आइन, नेपाल आइडलकी प्रस्तोता रिमा विश्वकर्मा । रिमा सुन्दरी र पढेलेखेकी नायिकामा पर्छिन् । नेपाल आइडल लोकप्रिय भएसँगै उनको पनि लोकप्रियताको पारो चढेको हो । पछिल्लो समय उनी श्रीमान् रोबर्ट बिश्वकर्मासँगको सम्बन्ध बिच्छेदका कारण पनि निकै नै चर्चामा रहिन् । रिमा चलचित्र, म्युजिक भिडियो, विज्ञापन र भिजेका रुपमा आफुलाई सफल बनाउन सक्ने सेलिब्रेटी हुन् ।

१.साम्राज्ञी राज्य लक्ष्मी शाह
ड्रिम गर्लको नम्बर वान सूचीमा साम्राज्ञीराज्यलक्ष्मी शाह छिन् । भुवन केसीको फिल्म ‘ड्रिम’बा इन्ट्री गरेकी उनको आगमन नै धमाकेदार रह्यो । उनले पहिलो फिल्ममै अनमोल केसीसँग स्क्रिन सेयर गरिन् । अनमोलसँगै एक विज्ञापनमा उनी दोहोरिइन् । त्यसपछि एकाध फिल्ममा देखिएकी साम्राज्ञीसँग फिल्मी करियरको लामो अनुभव छैन । न त फिल्मको संख्या नै धेरै छ । यद्यपी उनले छोटो अवधीमा आफुलाई यसरी स्थापित गरिन्, त्यो लामो फड्को सावित भयो । ‘ए मेरो हजुर–२’ र ‘ड्रिम्स’ जस्ता सम्झनालयक फिल्मले उनलाई सबैमाझ चिनायो । विदेशको समुन्द्री किनारमा विकीनी फोटोसूट गरेको प्रसंगले होस् वा स्तन मुनी ट्याटु खोपाएको कुराले, साम्राज्ञी चर्चाको केन्द्रमा रहन्छिन् ।

जो परेनन्
टप टेन ड्रिम गर्लमा थोरै मतले पछि परे, अभिनेत्री केकी अधिकारी, दिपिका प्रसाई र मिस नेपाल २००२, मिडिया पर्सनालिटी, भिजे माल्भिका सुब्बा । यस्तै अभिनेत्री स्वस्तीमा खड्का, वर्षा राउत, सबिता कार्की, नीति शाह, भवानी राणा, गौरिका सिंह, कुन्जना घिमिरे, मेलिना राई, सृष्टि श्रेष्ठ, सदिच्छा श्रेष्ठ, नगमा श्रेष्ठ, सारा सिर्पाली, श्वेता खड्का, सिपोरा गुरूङ, आस्था राउत, कोमल वली, करिश्मा मानन्धर, अञ्जु पन्त, नम्रता श्रेष्ठ, ऋचा शर्मा, बेनिशा हमाल, मनिषा कोइराला, रेखा थापा, आँचल शर्मा, सगुन शाही, साहाना बज्राचार्यको नाम भोटिङमा आएपनि टप टेन ड्रिम गर्लको रुपमा प्रवेश पाउन सकेनन् ।

यी २0 जनाको मतले छनौट गरियो
१. उत्तम भौकाजी
२. सुरज भुषाल
३. प्रविन श्रेष्ठ, (निर्देशक)
४. ¥यापर प्रशान्त,
५. दिवाकर भट्टराई (निर्देशक)
६. मिनराज बसन्त,
७. पल शाह (अभिनेता),
८. दीपकराज गिरी (अभिनेता)
९ डिजे शिशिर,
१०. सबनव मुखिया (निर्देशक)
११.बिकास खतिवडा (अभिनेता)
१२. भुवन केसी (अभिनेता)
१३. निर्जन थापा (मोडल),
१४.अमर न्यौपाने (लेखक)
१५. मिलन चाम्स (निर्देशक),
१६. नवयुग श्रेष्ठ (फुटबलर),
१७. कामेश्वर चौरसिया (अभिनेता),
१८.ऋृषि लामिछाने (निर्देशक),
१९ .सहीन प्रजापति (अभिनेता रङ टाईम) र
२०. कुशल बिष्ट (अभिनेता रङ टाईम )

 

 

 

 

Skip This
Logo