काठमाडौं ।

केन्द्रिय सरकारले ७ वटै प्रदेशमा ९० वटा गाडी पठाएको बताएको छ । गृह मन्त्रालय आन्तरिक व्यवस्था साखा 'ख' का उप सचिव यदुनाथ पौडेलले बताएअनुसार विभिन्न मन्त्रालय र विभागका गरि उक्त संख्यामा गाडी प्रदेशहरुमा पठाइएको हो । "/>

सातै प्रदेशमा ९० गाडी पठाइयो, गाडी अपुग भएमा…

सातै प्रदेशमा ९० गाडी पठाइयो, गाडी अपुग भएमा…


काठमाडौं ।

केन्द्रिय सरकारले ७ वटै प्रदेशमा ९० वटा गाडी पठाएको बताएको छ । गृह मन्त्रालय आन्तरिक व्यवस्था साखा ‘ख’ का उप सचिव यदुनाथ पौडेलले बताएअनुसार विभिन्न मन्त्रालय र विभागका गरि उक्त संख्यामा गाडी प्रदेशहरुमा पठाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, गृह मन्त्रालय र शाखाको पहलमा वन मन्त्रालयले १८, कृषि मन्त्रालयले २७, अर्थ मन्त्रालयले १३, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले ५, पशुपक्षी विकास मन्त्रालयले २, शहरी विकास मन्त्रालयले ६, भौतिक पूर्वाधार मन्त्रालयले ७ गाडी पठाएको छ ।

त्यसैगरि आपूर्ति मन्त्रालयले १ र शिक्षा मन्त्रालयले ११ वटा गाडीको व्यवस्थापन गरेका छन् । १ नम्बर प्रदेशमा १३, २ नम्बरमा १४, ३ नम्बरमा १३, ४ नम्बरमा १२, ५ नम्बरमा १४, ६ नम्बरमा १४ र ७ नम्बरमा १३ वटा गाडी पठाइएको छ ।

तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरू नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १३, २ मा १४, ३ मा १३, ४ मा १४, ५ मा १४, ६ मा १४ र ७ नम्बर प्रदेशमा १३ वटा गाडी पठाइएको मन्त्रालयले जनाएको छ ।

Logo