हामी कति समय निदाउँछौ ? हाम्रो निन्द्रा कति गहिरो छ ? कतिले यसको लेखाजोखा गरेका होलान् । किनभने अनिन्द्राको कारण ‘स्लिपिङ ट्याब्लेट’ चपाउनेहरु यहाँ धेरै छन् । "/>

विश्वको तुलनामा हाम्रो निन्द्रा किन खराब ? यस्तो छ आंकडा

विश्वको तुलनामा हाम्रो निन्द्रा किन खराब ? यस्तो छ आंकडा


हामी कति समय निदाउँछौ ? हाम्रो निन्द्रा कति गहिरो छ ? कतिले यसको लेखाजोखा गरेका होलान् । किनभने अनिन्द्राको कारण ‘स्लिपिङ ट्याब्लेट’ चपाउनेहरु यहाँ धेरै छन् । अरुले पनि मस्त निन्द्रा पुग्नेगरी सुत्न नपाएको गुनासो गरिहेका हुन्छन् । हाम्रो निन्द्रा खल्बलिएको छ । यसको निदान खोज्न कोहि मनोचिकित्सककहाँ धाइरहेका छन् भने कोहि योगको शरणमा पुगेका छन् ।

हालैको एक अध्ययनले यहि कुरा दोहो¥याएको छ । यो अध्ययनमा नेपाल समाबेश छैन । यद्यपी छिमेकी भारतलाई भने सामेल गराएको छ । भौगोलिक निकटता, सामाजिक रहनसहन उस्तै भएको कारण भारतिय र नेपालीको अवस्थामा ठूलो अन्तर छैन ।

अध्ययनले भन्छ, विश्वमै भारतियहरुको सुताई खराब छ । भारतियहरु राम्ररी निदाउन सकेका छैनन् । साथै उनीहरुको सुत्ने अवधी पनि तुलनात्मक रुपमा छोटो छ । फिटनेस सोल्युशन फर्म फिटबिटको एक सर्बेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो ।

१८ वटा देशलाई मानक बनाएर गरिएको सर्बेक्षण अनुसार एशियाका मानिसहरुको निन्द्र एकदमै कमजोर छ । अमेरिका, युरोपको तुलनामा एशियाका मानिसले कम अवधी निन्द्रा लिने गरेका छन् ।

एशियाका मानिसहरु औसत साढे ६ घण्टा सुत्छन् । जबकी अमेरिका र युरोपका मानिसहरु ७ वा साढे सात घण्टासम्म सुत्ने गरेका छन् । भारतियले औसत ६ दशमलव ५५ घण्टा सुत्ने गरेका छन्, जो चिन्ताको बिषय हो । न्युजील्यान्ड, अष्ट्रेलिया र ब्रिटेनका प्रति व्यक्ति प्रति रात्री औसत सबैभन्दा राम्ररी सुत्ने गरेका छन् । उनीहरुको सुत्ने अवधी लामो छ र गहिरो पनि ।

किन यो चिन्ताको बिषय हो ?

मस्त निदाउनु भनेको स्वस्थ्य जीवनको संकेत हो । जब निन्द्रा खल्बलिन्छ, शरीरमा कुनै न कुनै गडबडी हुन्छ । मानसिक तनाव, चिन्ताले पनि निन्द्रा बिथोलिन्छ । भनिन्छ, स्वास्थ्यका लागि हरेक रात सातदेखि आठ घण्टा सुत्नुपर्छ । यद्यपी सुत्ने अवधी मात्र पुगेर हुँदैन । निन्द्रा कति गहिरो छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । सातदेखि आठ घण्टासम्म मस्त एवं गहिरो निन्द्रा लिने व्यक्ति स्वस्थ्य हुन्छ ।

तर, जसलाई राम्ररी निन्द्रा पर्दैन, जो मस्त सुत्न सक्दैन उनीहरु विस्तारै रोगको शिकार बन्छन् । यसले उनीहरुको नियमित दैनिकीमा समेत असर गर्छ । मानसिक रुपमा जिर्ण बनाउँछ ।

Logo