रामकुमारी झाँक्री देखि नविना लामासम्म सांसद (सूचीसहित)

रामकुमारी झाँक्री देखि नविना लामासम्म सांसद (सूचीसहित)


नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ । एमालेले आफ्नो भागमा परेका ४१ जना सांसदको नाम आयोगमा पठाएको हो ।

समानुपातिकवाट सांसद हुनेमा अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री र वर्तमान अध्यक्ष नविना लामा रहेका छन् । त्यसैगरी नेता मुकुन्द न्यौपाने र विजय सुब्बा रहेका छन् भने ब्यापारी मोतिलाल दुगड पनि सांसद हुन सफल भएका छन् । थरुहट पार्टीकी गंगा चौधरी सतगौंवा समेत एमाले कोटावाट सांसद बनेकी छन् ।

आइतबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले समानुपातिक सांसदको टुंगो लगाएको हो । बैठकले ४ पुरुष र ३७ जना महिलालाई सांसदमा सिफारिस गरेको हो । समानुपातिक हिसाव मिलाउँदा महिलाको बाहुल्यता भएको हो ।

एमालेबाट समानुपातिकमा सांसद बन्नेहरुको सूची

Logo