प्रधानन्याधीशमाथि डा. केसीको प्रहार- ‘बलात्कारी र अपराधी प्रधान्याधीश हुन सक्दैन’

प्रधानन्याधीशमाथि डा. केसीको प्रहार- ‘बलात्कारी र अपराधी प्रधान्याधीश हुन सक्दैन’


काठमाडौँ । डा. गोविन्द केसीले प्रधानन्याधीश गोपाल पराजुलीले राजीनामा नदिए अनशन बस्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलन गर्दै केसीले पराजुली पदमा बस्न योग्य नभएको भन्दै तत्कालै पदबाट राजिनामा दिन माग गरेका हुन् ।

पराजुलीले अनुचित फाइदाको लागि जन्ममिति तथा शैक्षिक प्रमाणपत्रहरु सच्याएर सम्बन्धित निकायलाई झूक्याएको डा. केसीको आरोप छ । पराजुलीको जन्ममिति नै ४ थरिको भएको भन्दै उनले अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको छानविन गर्न पनि माग गरे । उनले भने ‘बलात्कारी र अपराधी प्रधान्याधीश हुन सक्दैन। तत्काल राजीनामा दिनुपर्छ। पराजुलीलाई छानबिन गरी कानुनी कारवाही गर्नुपर्छ।’

डा. केसीले विचारधिन मुद्दामा प्रभाव पार्ने गरी चलखेल गरीरहेको र अहिले पनि विवादास्पद कार्यहरु गरी रहेको हुनाले राजीनामा दिनुपर्ने, नागरिकता शैक्षिक प्रमाणपत्रहरु तथा तीनका आधारमा भएका नियुक्त बदर गरि कानुनी कारवाही गर्नुपर्ने, अदालतको अवहेलना मुद्धा तत्काल दर्ता गरि कारवाही गर्न पर्ने, ज्यान मार्ने धम्कीको अनुसन्धान हुनुपर्ने लगायत माग राखेका छन् ।

Logo