दार्चुला ।

अपिहिमाल गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समुन्द्र कार्की आफै अवैध कारोबारमा लागेका छन् । "/>

वडा अध्यक्ष नै अवैध मदिरा कारोबारमा

वडा अध्यक्ष नै अवैध मदिरा कारोबारमा


दार्चुला ।

अपिहिमाल गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समुन्द्र कार्की आफै अवैध कारोबारमा लागेका छन् । मदिरा निषेधित गाउँपालिकाका वडाध्यक्ष नै अवैध मदिरा कारोवार संलग्न रहेको खुल्न आएको हो ।

विहिबार वेलुकी गाउँपालिकाको वडा नम्बर ३ (उनकै पसलमा) लाँदै गरेको अवस्थामा प्रहरी चौकी खण्डेश्वरी बाट खटिएको प्रहरी टोली तथा झुस्कु आमा समुहले ठुलो परिमाणमा मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।

मार्मा गाउपालिकाको पारिबगड बाट चामलको बोरा भित्र लुकाई छिपाई लँदै गरेको अवस्थामा २ सय ३४ क्वाटर डेलिसियस नामक अवैध मदिरा प्रहरी र आमा समुहले बरामद गरेको प्रहरीचौकी खण्डेश्वरीका प्रहरी हवलदार कर्णबहादुर डौडेले जानकारी दिए ।

जनताका लागी आफै नियम कानुन बनाउने आफै मिच्दै जाने वडा अध्यक्षलाई स्थानियले कडा कारबाहीको माग गरेका छन् । बरामद मदिरा आज बस्ने आमा समुह र प्रहरीको बैठकले के गर्ने भन्ने विषयमा टुंगो लगउने समेत प्रहरी हवलदार डौडेले बताए ।

मदिरा ओसार पोसार गर्ने व्यक्तिले उक्त मदिरा वडा अध्यक्ष कार्की को नभएर उनको भाईको भएको बताए । उनि हाल काठमाण्डौमा छन्, भने उनका भाई कैलालीको अत्तरीयामा होटल व्यवसाय गरिरहेको देवकी बोहराले बताइन् ।

 

Logo