पंकजबहादुर धामी, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । "/>

एमाले माओवादी एकतामा बाधाः एकता नभए माओवादी सरकारमा नजाने

एमाले माओवादी एकतामा बाधाः एकता नभए माओवादी सरकारमा नजाने


पंकजबहादुर धामी, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफलमा राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे छलफल भएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।

राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढेका सन्दर्भमा पार्टी एकतालाई सार्थक निष्कर्षमा पु-याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको उनले बताए ।

संयोजन समितिको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल भई वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिक रुपमा मिलान गर्न समिति गठन गर्ने तयारी हुने बुझिएको छ । एकता प्रक्रियाले गति नलिएको तथा पछिल्ला दिनमा दुई नेताबीच छलफलसमेत हुन छाडेको सन्दर्भमा आज छलफल भएको थियो ।

प्रधानमन्त्री बन्न ओली हतारमा

नयाँ सरकार गठनका लागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतारोमा देखिएका छन् । उनि निकट एक नेताका अनुसार नयाँ सरकार गठन प्रकृया अघि नबढेका कारण ओली दवावमा देखिएका छन् ।

राष्ट्रियसभाको चुनाव पनि सकिइसकेकाले सरकार गठनका लागि छिटो प्रक्रिया अघि बढाउनुपर्छ ओलीको भनाई उदृत गर्दै उनले भने ।

दोधारमा माओवादी

एमालेले सरकार गठन पहिले गर्ने अनि मात्रै पार्टी एकता गर्ने बताइरहेका बेला माओवादी केन्द्र अलमलमा परेको छ । माओवादी केन्द्रका नेताहरुले सरकार गठन र पार्टी एकता सँग सँगै हुनुपर्ने बताउँदै आएका छन्, तर एमाले नेताहरु सरकार बनाउनु भन्दा पहिले पार्टी एकता हुनु हुदैन भन्नेमा छन् । यदि यस्तो नभएको अवस्थामा तत्कालका लागी पार्टी एकता स्थगित हुन सक्छ ।

ओलीको चाहाना फेरिदैँ

एमालेका कतिपय शीर्ष नेताहरुको भनाईलाई मात्रै आधार मान्दा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सँग एकिकृत पार्टीको अध्यक्ष हुने ईच्छा जाहेर गरेका छन् । एमालेका एक प्रभावशाली नेताले केन्द्रबिन्दुसँग भने, “ओली जि र हाम्रो चाहाना भनेको प्रधानमन्त्री र एकिकृत पार्टीको अध्यक्ष ओली नै हुनुपर्छ भन्ने हो ।” उनको भनाइलाइ आधार मान्ने हो भने पनि तत्काल एकताको सम्भावना सकिएर जान्छ ।

माओवादी सरकारमा नजाने

यदी एमाले अध्यक्ष केपी शर्मा ओलीले यहि अडान राखेमा पार्टी एकता कुनै पनि हालतमा हुदैन् । प्रचण्ड निकट स्रोत भन्छ, “एमाले अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना गरेपछि सहमति हुन नसकेको हो ।”

यस्तो अवस्थामा पार्टी एकताका लागि तत्काल कुरो मिलेन भने माओवादीले सरकार बाहिरै रहेर ओलीलाई समर्थन गर्ने बताएका छन् ।

Logo