सेनेटरी नेपकिनको प्रयोग महिलाहरुलाई महिनावरी भएको बेला हुन्छ । सेनेटरी नेपकिन अनिवार्य आवश्यक्ता पनि हो । तर भरिसक्य महिलाहरु खुलमखुला सेनेटरी नेपकिन देखाउन चाहँदैनन् । "/>

बलिउड सेलिब्रेटीले किन देखाइदिए, सेनेटरी प्याड ?

बलिउड सेलिब्रेटीले किन देखाइदिए, सेनेटरी प्याड ?


सेनेटरी नेपकिनको प्रयोग महिलाहरुलाई महिनावरी भएको बेला हुन्छ । सेनेटरी नेपकिन अनिवार्य आवश्यक्ता पनि हो । तर भरिसक्य महिलाहरु खुलमखुला सेनेटरी नेपकिन देखाउन चाहँदैनन् । सेनेटरी नेपकिनको प्रयोग कुन अवस्थामा कसरी प्रयोग हुन्छ भन्ने सबैलाई थाहा भएपनि खुला रुपमा यसलाइ देखाउन लजाउँछन् ।

अहिले बलिउड सेलिब्रेटीहरुले भने लाज पचाइदिएका छन् । उनीहरुले हात–हातमा सेनेटरी नेपकिन बोकेर फोटो खिच्न थालेका छन् । सेनेटरी नेपकिन बोक्ने लहड नै चलेको छ भन्दा पनि फरक नपर्ला ।

यसमा नव विवाहित अनुष्का शर्मादेखि आलिया भट्टसम्म छिन् । त्यसो त आमिर खान, बरुण धवनले पनि सेनेटरी नेपकिन देखाएर फोटो खिचाइरहेका छन् । किन उनीहरुले महिलाको गोप्य अंगमा लगाउने सेनेटरी नेपकिन देखाइरहेका छन् त ?

किनभने अहिले बलिउडमा सेनेटरी नेपकिन अर्थात प्याडको चर्चा जो छ । अक्षय कुमारको अपकमिङ मुभी प्याडमेनमा प्याडलाई नै मूख्य बिषय बनाइएको छ । त्यही फिल्मको पब्लिसिटीका लागि अक्षयले आफ्ना सहकर्मीलाई चुनौती दिएका थिए कि, तिमीहरु यसरी प्याड देखाउन सक्छौं ? उनको च्यालेन्ज स्विकार्दै बलिउडकर्मीले धमाधम प्याड देखाइदिए ।

Logo