काठमाडौं
संघीय सरकारले स्थानीय सरकार सञ्चालनका लागि ३६ हजार ६२९ जना कर्मचारीको अस्थायी दरबन्दी तयार पारेको छ । मन्त्रालयले स्थानीय तहबाट प्राप्त सुझाव, विज्ञहरूसँगको छलफल र कामको चापलाई समेत विश्लेषण गर्दै तयार पारेको प्रतिवेदनमा कुल ७५३ स्थानीय तहका लागि सो संख्यामा अस्थायी दरबन्दी तयार पारेको हो । "/>

स्थानीय तहमा ३६ हजार ६२९ दरबन्दी प्रस्ताव, कहाँ कति ? (सूचि सहित)

स्थानीय तहमा ३६ हजार ६२९ दरबन्दी प्रस्ताव, कहाँ कति ? (सूचि सहित)


काठमाडौं
संघीय सरकारले स्थानीय सरकार सञ्चालनका लागि ३६ हजार ६२९ जना कर्मचारीको अस्थायी दरबन्दी तयार पारेको छ । मन्त्रालयले स्थानीय तहबाट प्राप्त सुझाव, विज्ञहरूसँगको छलफल र कामको चापलाई समेत विश्लेषण गर्दै तयार पारेको प्रतिवेदनमा कुल ७५३ स्थानीय तहका लागि सो संख्यामा अस्थायी दरबन्दी तयार पारेको हो ।

स्थानीय विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पठाउने तयारी गरिरहेको मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिए । उनका अनुसार प्रस्तावित सो प्रतिवेदन मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै लागू हुने भएकाले अहिले यो प्रस्तावित मात्रै रहेको छ । यो अस्थायी दरबन्दी भएकाले यसलाई समय अनुसार मन्त्रिपरिषद्ले थपघट गर्न सकिने भए पनि अहिलेलाई अस्थायी प्रकृतिको दरबन्दी तय भएको मन्त्रालयले जनाएको छ । सामान्यतया मन्त्रालयले पठाएको प्रस्तावमा हेरफेर नगरिने भए पनि सो प्रतिवेदनलाई आवश्यक देखेमा मुख्य सचिवले संशोधन गरेर मन्त्रिपरिषदमा पठाउन सक्ने अधिकार रहन्छ ।

अहिले स्थानीय तहमा १७ हजार २०९ जना कर्मचारी कार्यरत रहेको तथ्यांक स्थानीय विकास मन्त्रालयसँग छ । यो संख्यामा तत्काल स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने तत्कालका लागि १९ हजार ४२० कर्मचारीलाई स्थानीय तहमा पठाउनु पर्ने आवश्यकता भएको प्रतिवेदनले देखाएको छ । संघीय सरकारका तर्फबाट मन्त्रालयले तयार पारेको स्थानीय कर्मचारीको अस्थायी दरबन्दी समेटिएको स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्था २०७४ मा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई समेत दुई–दुई भागमा विभाजन गरेर दरबन्दी तयार पारिएको हो ।
कहाँ कति दरबन्दी :
२० हजार सम्म जनसंख्या भएका २२४ गाउँपालिका: ६,७५६
२० हजार बढी जनसंख्या भएका २३६ गाउँपालिका: ८,९७०
१ लाखसम्म जनसंख्या भएका २७० नगरपालिका: १६,२५४
उपमहानगरपालिका र लाख बढी जनसंख्या भएका १७ नगरपालिका: २,७२०
संघीय राजधानी बाहेकका ५ महानगरपालिकामा: १,५६९
काठमाडौं महानगरपालिका : ३६०
जम्मा : ३६,६२९
राजधानीबाट

Logo