जनकपुरधाम

प्रदेश अधिवेशन सुरु भए लगत्तै प्रदेश २ मा सरकार निर्माणका लागि प्रमुख दलसँगै वाम गठबन्धनले पनि आन्तरिक गृहकार्य सुरु गरेका छन् । "/>

प्रदेश नं. २ मा सरकार गठनको जोडघटाउ सुरु

प्रदेश नं. २ मा सरकार गठनको जोडघटाउ सुरु


जनकपुरधाम

प्रदेश अधिवेशन सुरु भए लगत्तै प्रदेश २ मा सरकार निर्माणका लागि प्रमुख दलसँगै वाम गठबन्धनले पनि आन्तरिक गृहकार्य सुरु गरेका छन् । प्रदेशसभाको ठूलो दल संघीय समाजवादी फोरम नेपालले आइतबारै साँझ संसदीय दलका नेता चयन गरिसकेको छ । प्रदेश सरकारको नेतृत्व गर्ने फोरमले पर्साका मोहम्मद लालबाबु राउतलाई दलका नेता चयन गरेको हो । दलको उक्त निर्णयसँगै राउत प्रदेश २ सरकारका प्रथम मुख्यमन्त्री बन्ने करिब निश्चित भएको छ ।

दलगत आधारमा प्रदेशसभामा राजपा दोस्रो, एमाले तेस्रो, कांग्रेस चौथो र माओवादी पाँचौ दल बनेको छ । चुनावका बेला एमाले र माओवादीले बनाएको वाम गठबन्धन अनुसार दुवै दलको सिट जोड्दा गठबन्धन नै सबैभन्दा ठूलो दल बन्न पुग्छ । अहिले २९ सिट रहेको फोरम ठूलो दलका रूपमा स्थापित भएको छ । एमाले र माओवादी मिलेपछि क्रमशः २१ र ११ गरी वाम गठबन्धनको सिट संख्या ३२ पुगिरहेको छ ।

आपसमा तालमेल गरी चुनाव लडेका फोरम र राजपाले नै सरकार बनाउन गठबन्धन गर्ने आम चर्चा छ । तर राजपाले अधिकार बाँडफाँडमा बढी लोभ देखाए फोरमले वामसँग मिलेर पनि सरकार बनाउन सक्ने सम्बद्ध दलको विश्वसनीय स्रोतको दाबी छ । माओवादीका प्रदेश सांसद भरत साहका अनुसार प्रदेश २ मा सरकार बनाउन फोरमसँग अनौपचारिक छलफल चलिरहेको छ। राजपा सरकारमा गए पनि वाम र फोरम बीच गठबन्धन बन्न सक्ने दाबी गर्दै उनले भने, ‘सैद्धान्तिक रूपमा नजिक भए पनि प्रतिष्ठाको सवालमा फोरम र राजपा बीच ठूलो खाडल देखिएको हुँदा फोरम र वाम मिलेरै पनि सरकार बनाउन सक्छन्।’
नागरिकबाट

Logo