ललितपुर
जिल्लाको गोदावरी नागरपालिकामा कानुनी सल्लाहकार नियुक्ति गर्दा आर्थिक चलखेल भएको बताईएको छ । नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आफूखुशी कानुनी सल्लाहकार नियुक्ति गर्दा चलखेल भएको बताईएको हो । "/>

गोदावरी नगरपालिकाका प्रमुख विदेशिएपछि उपप्रमुखको मनोमानी

गोदावरी नगरपालिकाका प्रमुख विदेशिएपछि उपप्रमुखको मनोमानी


ललितपुर
जिल्लाको गोदावरी नागरपालिकामा कानुनी सल्लाहकार नियुक्ति गर्दा आर्थिक चलखेल भएको बताईएको छ । नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आफूखुशी कानुनी सल्लाहकार नियुक्ति गर्दा चलखेल भएको बताईएको हो । केही हप्ता अघि मात्रै उपप्रमुख अधिकारीले नगरबोर्ड मै छलफल नगरी आफू खुशी मनोमानी ढंगले बोर्डका कसैलाई थाहा नदिई सल्लाहकार नियुक्त गरेपछिको विवाद उत्कर्षमा पुगेको छ । उपमेयर अधिकारीको यो कदम विरुद्ध बोर्डका सदस्यहरुले निरन्तर विरोध गरेपछि झन विवाद बढेको छ । बोर्ड बैठकमा छलफल नै नगरी एक्कासी सल्लाहकार नियुक्त गरेको भन्दै बोर्डका सदस्यहरुले उपमेयर अधिकारीको चर्को आलोचना समेत गरेका छन् ।

स्रोतले बताए अनुसार उपप्रमुख अधिकारीले आफ्नै छिमेकी बिजय सिलवाललाई आर्थिक प्रभावमा परी आफू खुशी मनोमानी गर्दै कानुनी सल्लाहकारमा नियुक्त गरेकी हुन् । उनले नियुक्त गरेका सल्लाहकारको अहिले सम्म नगरबोर्डले केही निर्णय गरेको छैन । तर सल्लाहकारमा नियुक्त भएको कुनै आधिकारीक आधार विनै एक जमातले भने बधाई लिने र दिने खालको अभिव्यक्ति दिँदै सामाजिक सञ्जाल सिंगारेका छन् । नगरबोर्डले सल्लाहकारको नियुक्ति स्वीकृत गर्न विरोध गरेपछि सो नियुक्तिलाई स्वीकृत गराउन उपप्रमुख अधिकारी बोेर्डका सदस्यहरुलाई दबाब दिन भ्याईनभ्याई भैरहेको स्रोतले बतायो । यस बारे बुझ्न उपप्रमुख अधिकारीलाई पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन ।
नेपाल समाचारपत्रबाट

Logo