टेलिकमको वार्षिक आम्दानी ४४ अर्ब ५९ करोड रुपैंया

टेलिकमको वार्षिक आम्दानी ४४ अर्ब ५९ करोड रुपैंया


काठमाडौँ, २२ माघ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।

कम्पनीले आव २०७३/०७४ मा ४४ अर्ब ५९ करोड रुपैंया आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोडले बढी हो । आव २०७२/०७३ मा ४४ अर्ब २० करोड रुपैंया आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३/०७४ मा १५ अर्ब ३७ करोड रुपैंया पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३/०७४ मा १ सय २ दशमलव ४९ रुपैंया पुगेको छ ।

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३/०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर ५५ रुपैंयाका दरले उपलब्ध गराउन सफल भएको छ । यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बताइन् ।

टेलिकमले आव २०७३/०७४ मा २४ अर्ब ५४ करोड रुपैंया राजश्व बुझाएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Logo