काठमाडौं
भारतीय पक्षले अदुवा निकासीका लागि नयाँ शर्त अघि सारेको छ । कोलकाता स्थित कस्टम कमिस्नर कार्यालयले अदुवा निकासी गर्न १० लाख भारु बैंक ग्यारेन्टी राख्नु पर्ने भन्दै नयाँ शर्त अघि सारेको हो । "/>

अदुवा निकासीका लागि भारतीय पक्षको नयाँ शर्त : भारु १० लाखको बैंक ग्यारेन्टी चाहिने

अदुवा निकासीका लागि भारतीय पक्षको नयाँ शर्त : भारु १० लाखको बैंक ग्यारेन्टी चाहिने


काठमाडौं
भारतीय पक्षले अदुवा निकासीका लागि नयाँ शर्त अघि सारेको छ । कोलकाता स्थित कस्टम कमिस्नर कार्यालयले अदुवा निकासी गर्न १० लाख भारु बैंक ग्यारेन्टी राख्नु पर्ने भन्दै नयाँ शर्त अघि सारेको हो । सरकारले अदुवा निकासीका लागि बाटो खुलेको दाबी गरिरहँदा काँकडभिट्टा नाकामा शुक्रबार पनि नेपाली अदुवा व्यवसायीले अदुवा निकासी गर्न सकेनन् । कोलकाता स्थित कस्टम कमिस्नर कार्यालयले अदुवा निकासी गर्न १० लाख भारतीय रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने नौलो शर्त अघि सारेपछि निकासी प्रभावित भएको हो ।

कस्टम कमिस्नर कार्यालयको नयाँ शर्तका कारण अदुवा निकासीको बाटो खुला भएको सरकारको दाबी गलत साबित भएको छ । वाणिज्य मन्त्रालयले बिहीबार भारतमा अदुवा निकासी समस्या तत्कालका लागि टरेको दाबी गरेको थियो । मन्त्रालयका प्रवक्ता रविशंकर सैजूले भारतमा अदुवा निकासीका लागि समस्या समाधान भएको बताइरहँदा काकडभिट्टाको पानीटंकीमा अदुवा निकासीको समस्या उस्तै छ ।

‘भारतीय पक्षले तत्कालका लागि निकासी समाधान गरेको जानकारी दिएको छ, निकासीको बाटो खुला भइसकेको जानकारी हामीलाई प्राप्त भएको छ’, प्रवक्ता सैजूले भने, ‘अब व्यवसायीले व्यावसायिक मर्यादा भित्र रहेर स्वदेशी अदुवा मात्रै निकासी गर्न सक्छन् ।’ सैजूले यसो भनिरहँदा शुक्रबार पानीटंकी नाकामा अदुवा किसान र अदुवा व्यवसायी संघ निकासी सम्बन्धी समस्यासँग लड्दै थिए ।
अन्नपूर्णबाट

Logo