कतिपय कुरा यस्ता हुन्छन्, जसलाई सधै गोप्य राख्नुपर्छ । यदि गोप्य राख्नुपर्ने कुरा पनि गोप्य राखिएन भने त्यसले आफ्नो प्रतिष्ठामा आँच आउने मात्र नभई अनेकौ किसिमको हानी समेत हुन सक्छ । "/>

सावधान ! यी कुराहरु कहिले पनि अरुलाई नभन्नुहोस्

सावधान ! यी कुराहरु कहिले पनि अरुलाई नभन्नुहोस्


कतिपय कुरा यस्ता हुन्छन्, जसलाई सधै गोप्य राख्नुपर्छ । यदि गोप्य राख्नुपर्ने कुरा पनि गोप्य राखिएन भने त्यसले आफ्नो प्रतिष्ठामा आँच आउने मात्र नभई अनेकौ किसिमको हानी समेत हुन सक्छ । त्यसैले त शास्त्रमा पनि गोपनियताको बारेमा चर्चा गरिएको हो । सबै कुरा अरुलाई सुनाउनुपर्छ भन्ने हुँदैन । कतिपय कुरा आफुले आफैभित्र मात्र सीमित राखेको राम्रो हो ।

पति पत्नीको अन्तरंग सम्बन्ध

पती–पत्नीबीचको अन्तरंग सम्बन्ध एकदमै गोपनिय हुनुपर्छ । सचेत र सभ्य दम्पतीले यस्ता कुरामा सकेसम्म गोपनियता अपनाउँछन् । तर अस्तव्यस्त दम्पतीहरु यस्ता कुरा लुकाउन सक्दैनन् ।

ऋणको कुरा

हामीलाई ऋण लाग्न स्वभाविक हो । तर यो कुरालाई गोप्य राख्नुपर्छ भनिएको छ । यदि ऋणको कुरा सुनाइयो भने साथीभाई टाढा हुन्छन् । संकटको बेला सहयोग जुट्दैन । त्यसैले ऋणको कुरा अरुलाई सुनाउँदै हिँड्नु बुद्धिमतापूर्ण मानिदैन ।

दान

हामीले अरुलाई केहि सहयोग ग¥यौ भने त्यो सुनाउनु हुँदैन । अरुलाई दिएको दान, आर्थिक सहयोग पनि गोप्य राख्नुपर्छ । धर्मशास्त्रले पनि यस्तो कुरा गोप्य राख्दा पूण्य हुने बताइएको छ ।

घरभित्रको कलह

घरभित्र सामान्य झैझगडा हुनु, मनमुटाव हुनु सामान्य हो । यस्तो झमेला धेरैजसो परिवारभित्र हुन्छ । तर यो कुरालाई बाहिर ल्याउनु हुँदैन । घरभित्रको कलहको कुरा गोप्य राख्नुपर्छ ।

Logo