नेपालमा आज २ हजार ५७१ जना संक्रमित थपिए

नेपालमा आज २ हजार ५७१ जना संक्रमित थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । आज २ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ७९८ छ ।

आजको पिसिआर परीक्षण ११ हजार १७७ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ५१ हजार २५४ रहेको छ । आज ३६ हजार १७४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo