विराटनगर
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकारले देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताएका छन् । "/>

एमालेलाई गच्छदारको जवाफ :निर्णय चित्त नबुझे रद्ध गरे हुन्छ

एमालेलाई गच्छदारको जवाफ :निर्णय चित्त नबुझे रद्ध गरे हुन्छ


विराटनगर
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकारले देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान र ऐन नियम भित्र रही आफ्नो काम गर्ने बताए ।

उनले जनहितका लागि भएको सामाजिक सुरक्षा (वृद्ध) भत्तामा पाँच वर्ष उमेर घटाएको, भूकम्प र बाढीपीडितलाई रकम थप, जटिल रोगका बिरामीलाई जीवन निर्वाह भत्ता वापत मासिक पाँच हजार वितरण गर्ने निर्णय आगामी निर्माण हुने सरकारलाई देशको अहित हुन लागेमा रद्ध गर्न सक्ने बताए।

एक प्रश्नको जवाफमा उनले प्रहरी संगठन भित्र ३० वर्ष सेवा अवधि हटाउने सम्बन्धमा मन्त्रिपरिषदमा कुनै छलफल र चर्चा नभएको स्पष्ट पारे । उनले हल्ला गरेर प्रधानमन्त्रीले राजीनामा दिने होइन भन्दै संविधान अनुसार सरकार परिवर्तन हुने बताएका छन् ।
नागरिकबाट

 

Logo