#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379517763836645144014164241
नेपाल2555199837517077

जब नेविसंघले बेलुनमा कालो झण्डा झुण्ड्याएर सिंहदरबारमा उडायो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले बेलुनमा कालो झण्डा झुण्ड्याएर सिंहदरवारमा उडाएको छ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा, तथा विविध माग राखेर सरकारको विरोधमा नेविसंघले बेलुनमा कालो ब्यानर झुण्ड्याएर सिंहदरबार क्षेत्रमा उडाएको हो ।

सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको थियो । माग पूरा गर्न दवाद दिनलाई बेलुनबाट नारा लेखिएको कालो ब्यानर सिंहदरबारमा उडाएको नेविसंघ नेताहरुले जनाएको छ ।

यसअघि नेविसंघले एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्दै सरकारको विरोध गर्दै आएको थियो । नेविसंघसँगै कांग्रेसको युवा संगठन तरुण दलले समेत देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार