‘कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता ल्याएको छ’ : कांग्रेस नेता सिंह

‘कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता ल्याएको छ’ : कांग्रेस नेता सिंह


काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको बताएका छन् । पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रष्टाचार बाहेक केही पनि दिन उनले नसकेको बताए ।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाईको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताए । पहिलो संविधानसभामा जनताले म्यान्डेड दिए पनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरित अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको बताए ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सकेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए । प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा उनले नै संरक्षण गर्ने काम गरिराखेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नु पर्ने न्यूनतम काम समेत गर्न नसकेको उनले बताए । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनु पर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटाला गरेको बताए । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको समेत बताए । सरकारले कोरोना रोकथामका लागि न्यूनतम काम समेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताए ।

सरकारले संघीयताको भावना विपरित एकपछि अर्को काम गरिराखेको आरोप समेत नेता सिंहले लगाए। संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाईको रुपमा प्रदेश र स्थानीय तहलाई लिएको बताए। यस्तै नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताएका छन् । पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नु पर्ने बताए । चार वर्षमा हुनु पर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै चिन्ता व्यक्त गरे। महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उनले बताए । यस्तै प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनु पर्ने माग समेत गरे ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरु पनि सच्चिनु पर्ने उनले बताए।

Logo