चन्द्र ढकालको व्यवसायीक यात्रा : बैंकको जागिरेदेखि महासंघको वरिष्ठ उपाध्यक्षसम्म

चन्द्र ढकालको व्यवसायीक यात्रा : बैंकको जागिरेदेखि महासंघको वरिष्ठ उपाध्यक्षसम्म


काठमाडौं ।

चन्द्र ढकाल, यो व्यवसायिक दुनियाँमा छोटो समयमा प्रसिद्धि कमाएको नाम हो । सानो व्यवसाय सुरु गरेर अहिले मुलुकभरी नै व्यवसायको साम्राज्य विस्तार गर्न सफल भएका व्यक्ति हुन्, चन्द्र ढकाल । ०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा उनले सायद सोचेका पनि थिएनन् होला कि एकदिन आफैंले व्यवसाय सुरु गरेर भविष्यमा व्यवसायी बन्ने र महासंघको नेतृत्वसम्म गर्छु भनेर । जागिरले उनलाई चित्त बुझेन । उनले मनमनै व्यवसाय गर्ने मनसाय धेरै अघिबाटै नै गरेका थिए ।

‘मैले व्यवसाय नै गर्नुपर्छ भन्ने ठानेर नै सुरु गरेको हुँ ।’ व्यवसायी ढकालले भने । जागिर र व्यवसायलाई सँगसँगै समय दिन नसक्ने भएकाले उनले ०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा लागे । त्यतिबेलै बैंकबाट ऋण लिएर उनले व्यवसायको सुरुवात गरेका थिए । जागिर र व्यवसायलाई निरन्तरता दिन नसक्ने भएपछि जागिर भन्दा व्यवसाय नै उचित हो भन्ने लागेकाले व्यवसायकै लागि उनले जागिर छोडे । सुरुवाती दिनहरुमा व्यवसाय ठिकै चलेको थियो । उनलाई कहिलै पनि लागेको थिएन कि सानो व्यवसायले अहिले देशैभरी फैलिने गरी आफ्नो व्यवसायको विस्तार हुन्छ भनेर । ढकालले छोटो समयमा व्यवसायिक क्षेत्रबाट यति धेरै सफलता पाए, जुन सफलताबाट आज जल्नेहरु पनि धेरै छन् र प्रेरणा लिने र उनीबाट सिक्नेहरु पनि धेरै छन् ।

ढकाल स्वभावैले नम्र छन् । व्यवसायिक क्षेत्रमा अतिआवश्यक पर्ने गुण पनि हो यो । त्यति मात्रै होइन, उनी नम्र भएका कारण जटिल विषयवस्तुलाई पनि सहज रुपमा मिलाउने र समस्या समाधान गर्ने क्षमता उनीमा विद्यमान छ । त्यसैले पनि राजनीति होस् या व्यवसायिक क्षेत्र होस अथवा कर्मचारी तन्त्र या त अन्य कुनै पनि क्षेत्र होस, सम्बन्ध बनाउन र त्यसलाई टिकाइ राख्न सक्ने गुण उनमा छ । मिडिया र पत्रकारहरुसँगको सम्बन्ध पनि ढकालले उस्तै राम्रो राखेका छन् । जसले गर्दा सबैतिर उनको चर्चा परिचर्चा हुने गर्छ । त्यसैले उनले साह्रै छोटो समयमा नै व्यवसायिक क्षेत्रमा राम्रो पकड जमाउन सफल भएका छन् । त्यहि सफलताको डोरी समाउँदै ढकाल अहिले निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्ने हैसियतसम्म पुगेका छन् । उनी यसअघि महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । तत्कालिन बरिष्ठ उपाध्यक्षका उमेद्वार शेखर गोल्छाको प्यानलबाट उनले एसोसिएट उपाध्यक्षमा उमेद्वारी दिएका थिए । ढकालले यसअघि महासंघको कार्यसमिति सदस्यका रुपमा पनि काम गरेका थिए ।

अध्यक्षको लाइनमा ढकाल

ढकाल अहिले महासंघको वरिष्ठ उपाध्यक्षको उमेद्वार हुन् । कतिले उनलाई नेतृत्वमा आए हुन्थ्यो भनेका छन् भने कतिपयले उनको नेतृत्वलाई रुचाइरहेका छैनन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । यस आधारमा हेर्दा उनी महासंघको नेतृत्वमा पुग्न धेरै समय बाँकी छैन । सबैसँग राम्रो र सुमधुर सम्बन्ध स्थापित गर्न सफल ढकालको क्षमता देखेर नै सुरज बैद्यले सपोर्ट गरेका थिए । उपाध्यक्ष हुँदा मन खोलेर सहयोग गरेका पूर्वअध्यक्ष चण्डीराज ढकालले यसपाली पनि ढकाललाई मन खोलेर साथ दिएका छन् । चण्डीराजले मन खोलेरै विगतदेखि वर्तमानसम्म साथ दिएका छन् र भविष्यमा पनि दिने नै छन् ।

यस्तो छ ढकालको व्यसायिक परिचय

ढकाल बाग्लुङको अमलाचौर गाबिसमा वि.सं.२०२२ साल असार ९ गते जन्मिएका थिए । उनको जीवनको सुरुवाती जागिरबाट भएपनि २०४८/४९ सालदेखि नै व्यवसाय सुरु गरेका थिए । तर, उनलाई व्यवसायीका रुपमा स्थापित गरेको व्यवसाय भनेको सन् २००१ मा इन्टरनेसनल मनि ट्रान्सफर (आइएमइ) ले गराएको हो । आइएमईबाट सुरु भएको उनको व्यवसाय अहिले रेमिटेन्स, वैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविधुत, सूचना प्रविधि, अटोमोबाइल, कार्गोल, चन्द्रागिरि केबलकार लगायतसम्म विस्तार भएको छ । ढकालको आईएमईले महत्वपूर्ण व्यवसायीक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेको छ । ढकाल नेपालका लागि इण्डोनेसीयाका अवैतनिक महावाणिज्यदूत समेत भएका व्यक्ति हुन् ।

बैंकिङ क्षेत्रका पनि बादशाह ढकाल

नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. चिरन्जीबि नेपालले आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि योजना ल्याएका थिए । सो योजना अनुसार दुई वर्षभित्र वाणिज्य बैंकहरुले २ अर्ब रुपैँयाँबाट ८ अर्ब रुपैँयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । ढकालले सो योजनाको समय नसकिँदै धमाधम अन्य बैंक तथा बित्तिय संस्थालाई गाभेर न्युनतम पूँजी पु¥याउन सफल भए । पूँजीगत मात्र हैन मर्ज तथा प्राप्तिमा पनि ग्लोबल आईएमई नेतृत्व बैंक भएको छ । जुन बैंक ढकालको लगानीमा छ ।

जनता बैंकसमेत गरी ग्लोबल आईएमईले एक दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ । ग्लोबल आईएमईमा जनता गाभिएपछि ग्लोबल आइएमई बैंक सबै भन्दा ठूलो बैंक बनेको छ । ग्लोबलले हालसम्म साना ठूला गरी ११ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ । मर्ज हुने जनता १२ औं बैंक हो । सफल मर्जरका कारण सञ्चालनमा आएको १३ वर्षमा ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । त्यस्तै, कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभेपछि ०६९ असार २५ गते ग्लोबलले लर्डबुद्ध र आइएमई फाइनान्सलाई मर्ज गरेको थियो ।

०७४ असार २५ मा रिलायबल डेभलपमेन्ट बैंकलाई पनि ग्लोबलले प्राप्ती गरेको थियो । यसबीचमा ग्लोबल आईएमईले रिलायवल डेभलपमेन्ट बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, आईएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स लगायत एक दर्जन बैंक तथा वित्तीय संस्था आफूमा मर्ज गरिसकेको छ । जनतालाई गाभेपछि ग्लोबल आईएमई बैंक पूँजीगत, निक्षेप तथा जगेडा कोष र लगानीका हिसाबले सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।

राष्ट्र बैंकका नीति नियमलाई पालनामा सहयोग गर्दै आएका ढकालले कठिन मानिने मर्जर प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छन् । अहिले ग्लोबल आइएमई बैंकको चुँक्ता पूँजी १९ अर्ब रुपैँयाँ भन्दा बढी छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बिग मर्जर ल्याउने विषयमा छलफल भइरहँदा तत्कालिन गभर्नर डा.नेपालले बैंकहरुलाई मौद्रिक नीति अघि जोडी खोजेर आउन निर्देशन दिएका थिए । तर, मौद्रिक नीति आउनु अगावै ग्लोबल आइएमई बैंकले जनता बैंकलाई जोडीको रुपमा खोजेर राष्ट्र बैंकलाई प्रस्ताव बुझाइसकेको थियो । राष्ट्र बैंकको नीति तथा निर्देशन पालना गर्ने तथा बैंकको पूँजी वृद्धि होस् या मर्जर तथा एक्यिुजिशन प्रक्रिया होस् सबै सफलतापूर्वक सम्पन्न गरेकाले उनलाई बैंकिङ क्षेत्रमा पनि बादशाह नै मानिन्छ ।

Logo