टप ५ फिल्मी पण्डितहरु, गफबाटै बनाईदिन्छन् फिल्म हिट (भिडियो रिपोर्ट)

काठमाडौं । असली पण्डित हुनलाई संस्कृत पढेर निश्चित डिग्री लिनु पर्छ । त्यसपछि व्यवसानमा बसेर उसले विभिन्न पुराणहरु वाचन गर्छन् र आफूलाई सुन्न उपस्थित भएकाहरुलाई कलात्मक अर्थ लगाइदिन्छन् । पण्डितको पुराण वाचनमा ताली बज्छ, पण्डितजी मख्ख पर्छन् र झनै हौसिएर वाचन अघि बढाउँछन् ।

साँच्चैका पण्डित र फिल्म क्षेत्रका पण्डितमा केही फरक छ । जस्तो फिल्म क्षेत्रका पण्डितहरुले पढेर डिग्री लिइरहनु पर्दैन । ब्यासासनमा बसेर दर्शक फुर्काउनु पनि पर्दैन । उनीहरु फिल्म क्षेत्रको विकास र बिस्तारको नाममा मनलागी भाषण गर्छन् । यसरी भाषण गर्ने वा आफ्नो हिसावमा वकालत गर्दै आएका फिल्मकर्मीको कथा हो यो, जसलाई हामीले पण्डित भनेका छौं ।

फिल्मका पण्डितहरु विश्लेषण गर्छन् । आफ्नो किसिमको भविश्यबाणी गर्छन् । कुरा काट्छन् । आफ्नै किसिमको निश्कर्ष सुनाउँछन् । यस्तो दक्षता भएका मध्येबाट हामीले विशेष गुण भएका ५ फिल्मकर्मी छनौट गरेका छौं । त्यसमा परेका छन्, प्रदीप उदय, राजकुमार राई, लक्ष्मीनाथ शर्मा, दिपकराज गिरी र नवीन सुब्बा रहेका छन् । हुनत फिल्मी पण्डितहरु धेरै मात्रामा भेट्टाउन सकिन्छ । हामीले छानेका भनेका चर्चित हुन् । थप भिडियोमा