काठमाडौं
सरकारले पर्साको वीरगन्ज महानगरपालिका १ छपकैयामा नेपाली भूमि भारततर्फ नगाभिएको स्पष्टिकरण दिएको छ । नापी विभागले आइतवार एक वक्तब्य निकाल्दै नेपाली भूमि भारततर्फ नपरेको उल्लेख गरेको हो । "/>

पर्सामा नेपाली भूमि भारततर्फ गाभिएको छैन : नापी विभाग

पर्सामा नेपाली भूमि भारततर्फ गाभिएको छैन : नापी विभाग


काठमाडौं
सरकारले पर्साको वीरगन्ज महानगरपालिका १ छपकैयामा नेपाली भूमि भारततर्फ नगाभिएको स्पष्टिकरण दिएको छ । नापी विभागले आइतवार एक वक्तब्य निकाल्दै नेपाली भूमि भारततर्फ नपरेको उल्लेख गरेको हो ।

भारतसँगको दशगजा क्षेत्रमा हराएका तथा पुराना क्षतिग्रस्त पिलरको मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिका १ छपकैयाका १२ स्थानीयको ३० बिघा भन्दा धेरै नम्बरी जग्गा भारतमा पुगेपछि चर्को विरोध भइरहेका बेला नापीको यस्तो स्पष्टिकरण आएको हो । विभागले जंगे पिल्लर सहित अन्य साना पिल्लर मर्मत तथा निर्माणका क्रममा नेपालीको ३० बिघा भन्दा धेरै जमिन भारतमा परेको कुराको खण्डन गर्दै दुवैतर्फको भूमि एकअर्का तर्फ पर्न गएको जिकिर गरेको हो ।

२०४५ सालपछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारततिर पर्न गएको हुन सक्छ, विभागले विज्ञप्तीमा भनेको छ, यस क्रममा केही भारतीय भूमि नेपालतर्फ पनि पर्न गएको हुन सक्छ । तर भारततर्फ नेपालको धेरै भूमि गएको कुरा गलत हो ।
अन्नपूर्णबाट

Logo