डान्समा तहल्का मच्चाउँदै ‘वाइल्ड रिपर्ज’

डान्समा तहल्का मच्चाउँदै ‘वाइल्ड रिपर्ज’


भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस र डान्स च्याम्पियनबाट चर्चित भएको नृत्य समूह हो ‘वाइल्ड रिपर्ज’ । हिपहप डान्स ग्रुप नामले पनि चिनिने वाइल्ड रिपर्ज क्रुले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल अर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३ लगायत थुप्रै उपाधि हात पारिसकेको छ ।

अवसरको ठूलो मञ्चको खोजीमा भारतको मुम्बई छिरेको वाइल्ड रिपर्ज क्रुले त्यहाँ पनि विभिन्न उपाधि जितेको छ । दुई वर्षबीचमा क्रुले अल इन्डिया भि फेष्ट २०१५, युडिएमएस मुम्बई च्याम्पियनसिप २०१४ र इन्डिया वेस्ट डान्स क्रु २०१६ जस्ता महत्वपूर्ण उपाधि जितेको छ । क्रु टिममा जम्मा १० जना सदस्य छन् । उनीहरु भरतीय अभिनेता वरुण धवनसंग छिटैनै एउटै पर्दामा देखिने भएका छन् ।

 

 

Logo