‘ऐना हेर्दा बाँदर जस्तो लाग्छु’ – अनमोल केसी (भिडियोवार्ता)

‘ऐना हेर्दा बाँदर जस्तो लाग्छु’ – अनमोल केसी (भिडियोवार्ता)


नेपाली फिल्मका सर्बाधिक चर्चित पात्र हुन् अनमोल केसी । महंगो, हम्मेसी सार्वजनिक कार्यक्रमहरुमा नदेखिने र अभिनित फिल्म सबै सुपरहिट हुने ‘हिरो’ पनि उनै हुन् ।

अनमोल कतिसम्म इमान्दार छन् भने उनी आफूमाथि लागेका आरोपहरु स्वीकार्न तयार हुन्छन् । जस्तो, उनलाई कतिपयले ‘गे’ भनेर आरोप लगाउँथे । हामीसँगको कुराकानीमा उनले भने –‘हो, मलाई पहिला–पहिला ‘गे’ पनि भन्थे ।’

उनले अभिनय गरेको फिल्म ‘कृ’ यही माघ २६ देखि प्रदर्शनमा आउँदैछ । आफैंमा एउटा ‘ब्राण्ड’ बनिसकेका नायक अनमोल केसीलाई ‘हेण्डसम’ नायक मान्नेहरु पनि धेरै छन् । तर उनी भन्छन् – ‘ऐना हेर्दा कहिले–काहीँ बाँदर जस्तो लाग्छु ।’

फिल्म ‘कृ’ प्रदर्शनको पूर्व सन्ध्यामा हामीले अनमोलसँग भिडियोवार्ता गरेका छौं । प्रस्तुत छ, नायक अनमोल केसीसँग केन्द्रबिन्दु टिभीका संवाददाता अदिती पौडेलले गरेको कुराकानी 

 

Logo