सुब्रतको ‘सुश्री सम्पती’मा सारा शिर्पाली फाइनल

सुब्रतको ‘सुश्री सम्पती’मा सारा शिर्पाली फाइनल


काठमाडौँ । ‘पिंजडा ब्याक अगेन’की अभिनेत्री सारा शिर्पाली नयाँ फिल्ममा अनुबन्धित भएकी छन् ।

संचारकर्मी सुब्रत आचार्यले निर्देशन गर्ने ‘सुश्री सम्पती’मा सारा मुख्य भूमिकामा देखिन लागेका हुन् । सामाजिक बिषयबस्तुमा कमेडी मिश्रित सिनेमामा सारासंग सलोन बस्नेतले रोमान्स गर्नेछन । 

सिनेमामा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमवर्षा खड्का, रोशनी कार्की पनि फाईनल भएका छन् । अर्जुन तिवारीको छायाँकन रहने फिल्ममा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । पोखरामा छायांकन गरिने यो फिल्मको निर्माता रमेश त्वयना हुन् ।

निर्देशक आचार्यले यसअघि ‘अर्धकट्टी’ निर्देशन गरिसकेका छन् भने साराले ‘रुद्र’बाट अभिनयमा डेब्यु गरेकी हुन् ।

Logo