अख्तियारको ३० स्टिङ अप्रेसनदेखि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बीच भेटवार्तासम्म (भिडियोसहित)

अख्तियारको ३० स्टिङ अप्रेसनदेखि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बीच भेटवार्तासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन मार्फत अनियमितता गर्ने ४८ जना कर्मचारीहरूलाई पक्राउ गरेको छ । केन्द्रसहित मातहत कार्यालयको टोलीले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ गरेको हो ।

त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीका कारण बन्द गरिएका दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुचारु गर्न सरकारलाई पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको छ । साथै कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार कार्य सकिएको भन्दै उद्दार उडान बन्द गर्न पनि सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२.४९ अंकले बढेर १ हजार ६४८.५८ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ ।

त्यस्तैगरी पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन् । बाइडेन प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपति हुने भएका हुन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई भेटवार्ताका लागि बालुवाटारमै बोलाएका हुन् । आजको छलफलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त समेत उपस्थित भएको स्रोतले जानकारी दियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

Logo