माघ, ४, काठमाडौं

बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै दीपावली भएको छ भने कतै आन्दोलन चर्किएको छ। "/>

प्रदेश राजधानी तोकिए पछि कतै दीपावली कतै आन्दोलन : कुन प्रदेशमा के भयो ?

प्रदेश राजधानी तोकिए पछि कतै दीपावली कतै आन्दोलन : कुन प्रदेशमा के भयो ?


माघ, ४, काठमाडौं

बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै दीपावली भएको छ भने कतै आन्दोलन चर्किएको छ। बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो । प्रदेश १ को राजधानी विराटनगर तोकिएपछि त्यहाँ दीपावली भएको छ भने धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । प्रदेश १ को राजधानीको रुपमा यसअघि इटहरी र धरानको समेत चर्चा थियो।

प्रदेश २ को राजधानी जनकपुर तोकेपछि वीरगन्ज अशान्त बनेको छ । वीरगञ्जमा लामो समय देखि राजधानीको माग गर्दै अन्दोलनमा बसेका नेता कार्यकर्ता र स्थानीयवासी आक्रोशित भएका हुन् । बुधबार साँझ सडक प्रदर्शन गरेका उनीहरुले बिहीबार बन्दको घोषणा समेत गरेका छन्। सँगै प्रदेश राजधानीको विषयमा चुपचाप रहेका मधेसवादी दलले समेत जनकपुरलाई प्रदेश २ को अस्थायी राजधानी बनाउने सरकारको निर्णय विरुद्ध प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा तोकिएपछि हेटौंडामा खुशीयाली मनाइएको छ । चर्चामा भक्तपुर, बनेपा, ललितपुर रहे पनि सरकारले अन्तिम समयमा हेटौंडालाई प्रदेशको अस्थायी राजधानी तोकेको हो। प्रदेश १ र २ मा जस्तो ३ मा भने आन्दोलन भएको छैन ।

प्रदेश ४ राजधानी पोखरा भने निर्विकल्प देखिएको छ । यसअघि नै सबैले प्रदेश ४ को राजधानीको रुपमा पोखरालाई स्वीकार गरिसकेकाले विवाद छैन। प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि दाङमा आक्रोश बढेको छ । स्थानीयवासी मात्र नभएर प्रदेश ५ का मुख्यमन्त्री दाबेदार एमाले नेता शंकर पोखरेल स्वयंले सरकारको अविवेकी निर्णय भनेका छन् । त्यसैगरी माओवादी केन्द्रका नेता एवम् दाङका प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले समेत सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । बुटवलमा भने खुशीयाली मनाइएको छ। प्रदेश ६ को अस्थायी राजधानी सुर्खेत तोकिएको छ। अन्य क्षेत्रमा राजधानी विवाद देखिए पनि प्रदेश ४ जस्तै ६ शान्त छ । प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकिएपछि दिपालयमा आन्दोलन चर्किएको छ। धनगढीमा भने सरकारको निर्णयको स्वागत गरिएको छ।

अन्नपूर्णबाट

Logo