सातै प्रदेशमा हेडक्वाटरको पत्राचार, ‘नवराज सिलवाललाई भेट्नासाथ पक्राउ गर्नु’

सातै प्रदेशमा हेडक्वाटरको पत्राचार, ‘नवराज सिलवाललाई भेट्नासाथ पक्राउ गर्नु’


सातै प्रदेशका प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालय ‘हेडक्वाटर’ले पूर्व डिआइजी नवराज सिलवाललाई भेट्नासाथ पक्राउ गर्न निर्देशनात्मक पत्राचार गरेको छ । सिलवाललाई जहाँ भेटे पनि पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी कार्य तिब्र बनाएको छ । काठमाडौं प्रहरीको खोजीमा रहेका सिलवालविरुद्ध सातै प्रदेशमा खोजेर समात्न पत्राचार भएको प्रहरी प्रधान कार्यालयका एक प्रहरीले बताए ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने दावीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजीसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उनी ललितपुर जिल्ला क्षेत्र नं १ वाट सांसद निर्वाचित भएका थिए । उनी विदेशी कार्यक्रममा गएको भनिएपनि काठमाडौंमा नै बसेको हल्ला चलेको थियो ।

Logo