यी हुन सात प्रदेशका प्रदेश प्रमुख { नामसहित }

यी हुन सात प्रदेशका प्रदेश प्रमुख { नामसहित }


काठमाडौं । बुधबारको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशको प्रदेश प्रमुख तोकेको छ ।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । प्रदेश नम्बर १ र ५ बाहेक अन्य प्रदेशमा कांग्रेसको सिफारिसमा प्रमुख नियुक्त भएका छन्, भने ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

Logo