काठमाडौं, ३, माघ
सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ३४ अर्ब राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आइतबार अर्थात पुसको अन्तिम दिन सम्म सरकारको लक्ष्य बमोजिम नै ३ खर्ब ३४ अर्ब राजस्व संकलन भएको हो । "/>

६ महिनामा ३ खर्ब ३४ अर्ब राजस्व संकलन

६ महिनामा ३ खर्ब ३४ अर्ब राजस्व संकलन


काठमाडौं, ३, माघ
सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ३४ अर्ब राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आइतबार अर्थात पुसको अन्तिम दिन सम्म सरकारको लक्ष्य बमोजिम नै ३ खर्ब ३४ अर्ब राजस्व संकलन भएको हो । यससँगै सरकारले चालू आवको ६ महिनाका लागि लिएको राजस्व संकलनको लक्ष्य पूरा भएको राजस्व सचिव शिशिर कुमार ढुंगानाले जानकारी दिए । उनका अनुसार अरु महिनाको तुलनामा लक्ष्यको ४० प्रतिशत राजस्व पुस महिनामा असुली हुने गरेको छ । “हामीले पुस मसान्त सम्म ३ खर्ब ३४ अर्ब राजस्व संकलनको लक्ष्य राखेका थियौं, त्यो राजस्व असुली आइतबार सम्म पूरा भएको छ,” उनले भने ।

सरकारले चालू आर्थिक वर्षमा ७ सय ३० अर्ब राजस्व असुलीको लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन पनि आधा वर्ष सम्म ३ खर्ब ३४ अर्ब राजस्व असुली गर्ने लक्ष्य सरकारको थियो । लक्ष्य अनुसार नै राजस्व संकलन भएको सचिव ढुंगानाको भनार्इ छ । सरकारले चालू आर्थिक वर्षमा लाग्ने अनुमानित करको विवरण र त्यस अनुसार लाग्ने आयकरको पहिलो किस्ता तिर्ने अन्तिम दिन नजिकिँदै जाँदा सार्वजनिक बिदाको दिनमा समेत बैंक खोलेर राजस्व असुली गरेको थियो । कर राजस्व संकलनका लागि महत्वपूर्ण महिनाका रूपमा पुसलाई लिइने गरिन्छ । गत आर्थिक वर्षको आयकर दाखिला गर्ने अन्तिम दिन पुस मसान्त भएकोले पनि सरकारले राजस्व असुलीलाई प्रभावकारी बनाउन र कर दाखिला गर्न सार्वजनिक सूचना मार्फत सूचिकृत गर्दै आएको थियो । यसले पनि कर उठाउन सहज भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
कारोबारबाट

Logo