काठमाडौं, ३, माघ
युएइ दुबईबाट ल्याएको ३३ के.जी. ५७७.४० ग्राम सुनकाण्डका थप अभियुक्त पक्राउ परेका छन । अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरी सके पश्चात जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ८ तिलगङ्गा पिङलास्थानमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले गोपाल बहादुर शाही समेतलाई पक्राउ एवं वरामद गरी अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरेको हो । "/>

३३ केजी सुन तस्करीका फरार अभियुक्त पक्राउ

३३ केजी सुन तस्करीका फरार अभियुक्त पक्राउ


काठमाडौं, ३, माघ
युएइ दुबईबाट ल्याएको ३३ के.जी. ५७७.४० ग्राम सुनकाण्डका थप अभियुक्त पक्राउ परेका छन । अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरी सके पश्चात जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ८ तिलगङ्गा पिङलास्थानमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले गोपाल बहादुर शाही समेतलाई पक्राउ एवं वरामद गरी अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरेको हो ।

यसै गरी ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौ मार्फत मिति २०७३।११।२२ गते काठमाण्डौ जिल्ला अदालत समक्ष अभियोगपत्र सहित पेश गरिएको थियो । प्रस्तुत मुद्दामा संलग्न भई फरार रहेका भारत राजस्थान गंगानगर स्थायी ठेगाना भई हाल काठमाण्डौ गैरीधारा बस्ने काठमाण्डौ बिशालबजारमा सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक बर्ष ३२ को राहुल गोयल मिति २०७४।०९।२६ गते पक्राउ परी प्रस्तुत मुद्दामा अनुसन्धान भई रहेको प्रहरीले छ।                        नेपाल समाचारपत्रबाट

Logo