गुण्डा नाइके दिपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय

गुण्डा नाइके दिपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय


ज्यान मुद्दामा दीपक मनाङ्गे भनिने राजिव गुरुङलाई आज मंगलबार सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइके दीपक मनाङ्गे प्रदेशसभा चुनावमा स्वतन्त्र रुपमा उठेर मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् । न्यायाधीशद्धय दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

२०६१ सालमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरवार प्रहारगरी घाइते वनाएपछि मनाङ्गे माथि ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दायर गरिएको थियो । पुनरावेदन अदालतको फैसलालाई नै सर्वोच्च अदालतले आज सदर गरेको हो ।

Logo