नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक बिहिबार बस्ने

नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक बिहिबार बस्ने


काठमाडौं, २ माघ ।

नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक बिहिबार बस्ने भएको छ । यो बैठक काँग्रेसले चुनावपछि पहिलो पटक बोलाउन लागेको हो । यसअघि केन्द्रिय समिति र महासमिति बैठक बोलाउने काँग्रेस युवा नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए ।

उनिहरुले एक समूह नै बनाएर चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक, महासमिति वैठक र महाधिवेशन बोलाउन माग गरेका थिए । बैठक विहिवार विहान प्रधानमन्त्रीको निजि निवास बालुवाटारमा बस्ने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शर्माले बताएअनुसार वैठका तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि चुनावमा भएको पराजयको समीक्षा हुनेछ ।

‘७० काटेकाको ‘रिटायर्ड’ कांग्रेसको एउटा समाधान हो’– विश्वप्रकाश शर्मा

Logo