यी कम्पनीहरुको आईपिओ माघ महिनामा बजारमा, कुन कम्पनीको कति ? { सूचीसहित }

यी कम्पनीहरुको आईपिओ माघ महिनामा बजारमा, कुन कम्पनीको कति ? { सूचीसहित }


काठमाडौं, २ माघ ।

माघ महिनामा मात्र ४ अर्ब रुपैया बढीको शेयर निष्काशन हुने भएको छ ।

बैङ्क, वित्तिय संस्था, ईन्स्योरेन्स तथा हाईड्रो पावरको समेत गरी माघ महिनामा लगानीकर्ताले ४ अर्ब भन्दा धैरैको आईपिओ खरिद गर्न पाइनेछ  ।

यी हुन् कम्पनिहरु:

– युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ करोड ६१ लाख रुपैया बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख ६१ हजार कित्ता सेयर जारी गर्न माघ ११ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा दिउसो ३ बजे विशेष साधारण सभा बोलाएको बताइएको छ ।

– सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैया बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तको शेयरमा माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन गर्न सकिने छ । न्युन आवेदन परेमा फागुन ८ गतेसम्म भर्ने मिति खुल्ला रहने छ । लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट वैकिङ हात्तिसार काठमाडौं लाई तोकेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने भएको हो । कम्पनीमा आईएमई समूह र सोसाग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । २ अर्ब चुक्तापूाजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

– पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । माघ ५ गतेदेखि कम्पनीले एक सय रुपैयाा दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाका लागि जारी पुाजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न लागेको हो । हाइड्रोले पहिलो चरणमा स्थानीयलाई सेयर बााडफााडपछि सर्वसाधारणका लागि दोस्रो चरणमा कम्पनीले फेरी १० प्रतिशत बराबरको सेयर साधारणमा जारी गर्नेछ । अहिले जारी गर्न लागेको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउापालिका बासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर रहेको छ ।

– स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाखको आईपिओ जारी गर्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले २ करोड ४० लाख रुपैया बराबरको २ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । हाल संस्थाको चुक्ता पुाजी ५ करोड ६० लाख रहेको छ । सर्वसाधारणलाई शेयर जारी गरे पश्चात संस्थाको चुक्तापूाजी ८ करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट ५२ औं लघुवित्त संस्थाको रुपमा अनुमति पाएको स्पर्स लघुवित्तले १० जिल्लामा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ
(६) कालिका पावर कम्पनीले ६ करोड मुल्यको ६ लाख कित्ता आईपिओ बिक्रि गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दालाई लागि साधारण सेयर (आइपीओ) बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाा अंकित दरको ६ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।
– युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड पचास लाख रुपैया बराबरको शेयर निष्काशन गर्ने भएको छ । युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिग लिमीटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । युनियन लाईफको पहिलो बार्षिक साधारणसभाले चुक्ता पूाजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैया बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरको हो । युनियन लाइफले एक सय रुपैयाा अंकित दरमा ६४ करोड ५० लाख रुपैयाा बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

– अबको दुई वर्ष्भित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत्त उत्पादन हुने चिलिमेको सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनीले धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले अधिकृत पूाजीको ७५ प्रतिशत रकम बराबरको पााच करोड १३ लाख १५ हजार ७५० कित्ता सेयर धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । जसमध्ये ५१ प्रतिशत बराबरको तीन करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयर संस्थापक रहेको छ ।

– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । संस्थाले २ करोड ९४ लाख रुपैयाको २ लाख ९४ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो। आरम्भको किन्द्रिय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्थाले विगत २ वर्षदेखि नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

Logo