काठमाडौं,२,माघ
सरकारले अन्ततः दलीय भागबन्डामा नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । दलहरूबीचको औपचारिक तथा अनौपचारिक संवादपछि सरकारले दलीय भागबन्डामै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो । "/>

प्रदेश प्रमुखमा तीन दल बीच सहमति !?

प्रदेश प्रमुखमा तीन दल बीच सहमति !?


काठमाडौं,२,माघ
सरकारले अन्ततः दलीय भागबन्डामा नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । दलहरूबीचको औपचारिक तथा अनौपचारिक संवादपछि सरकारले दलीय भागबन्डामै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो । दलहरूबीच प्रदेश प्रमुखका विषयमा सहमति भएको र मंगलबार (आज) बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रदेश प्रमुखका विषयमा लगभग सहमति जुटे पनि एमालेले भने सहमति जनाएको छैन । दुई दलबीच भने एमालेलाई मनाएर कांग्रेस, माओवादी केन्द्र र एमालेले दुई–दुई सिट लिने सहमति गरेका छन् भने बाँकी एक प्रदेशमा मधेसवादी दललाई दिने सहमति भएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले भने सर्वदलीय बैठकयता प्रदेश प्रमुखका विषयमा कुनै छलफल नै नभएको बताए । ‘सर्वदलीय बैठक यता प्रदेश प्रमुखका विषयमा दलहरू बीच कुनै संवाद भएको छैन, सरकारले गर्न सक्छ गर्नोस् भनेर हामीले भनि सकेका छौं । नयाँ सरकार बने पछि सच्याउने अधिकार नयाँ सरकारलाई पनि रहन्छ,’ नेता पोखरेलले भने । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समेत दलहरू बीच सो विषयमा पछिल्ला दिनमा कुनै छलफल नभएको बताए । तर प्रधानमन्त्री निकट स्रोतले भने मंगलबार बिहान समेत सो विषयमा दलहरू बीच छलफल हुने र साँझ बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने जानकारी दिएको छ । सरकारले मंगलबार बिहान ९ बजेका लागि बोलाएको बैठक साँझका लागि सारेको छ ।
राजधानीबाट

Skip This
Logo