दार्जिलिङमा आँचल र पललाई फ्यानहरुबाट जोगाउन मुस्किल

दार्जिलिङमा आँचल र पललाई फ्यानहरुबाट जोगाउन मुस्किल


दार्जीलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपाल बाट अतिथि बनेर पुगेका नायक पल शाह र नायिका आचल शर्मा लाइ फ्यानहरुबाट जोगाउन मुस्किल परेको छ ।

बिहान म्यारथनको स्टेज पुगे देखी पल नाम लिदै चिच्याइरहेका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेज चढेका थिए । भिडलाइ थाम्न नसके पछि दार्जिलिंग पुलिसका डि एस पी सिद्धार्थ दोर्जी ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्निसपेटर मिलन गुरुडं ले ५० भन्दा बढि प्रहरीको साथमा पललाइ मुस्किलले होटल सम्म पुर्याएको थिए ।

पल र आचलकाका फ्यानहरुले होटलको गेट नछोडे पछी प्रहरीले पुन पललाइ सार्बजनिक गर्नु परेको थियो । सुरक्षाका हिसाबले रोकिरहेको प्रहरीलाइ पल आफैले फ्यानहरु सँग फोटो खिच्न अनुरोध गरेका थिए ।

उहाहरुको मायाले नै यहाँ सम्म आइपुगेको भन्दै पल भिडमा जान तयार भए । पललाइ दिन भर होटलबाहिर कुर्ने अधिकांश युवती हरु थिए । २ दिन सम्म दार्जिलिंग मा बसेका पललाइ पुर्ण सुरक्षा दिइएको थियो ।

दार्जिलिंग ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतिय कलाकार आउदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउदा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए ।

Skip This
Logo