सुखद यौन जीवनका १२ शत्रु के के हुन् ?

सुखद यौन जीवनका १२ शत्रु के के हुन् ?


यौन जीवन सुमधुर भयो भने दम्पतीको सम्बन्ध पनि रसपूर्ण हुन्छ । यदि यौनमा विचलन आयो भने उनीहरुको सम्बन्ध टिकिरहन गाह्रो पनि हुन्छ । त्यसैले दाम्पत्य सम्बन्धका लागि यौन महत्वपूर्ण र अपरिहार्य मानिन्छ । तर, चाहेरै पनि कतिपय अवस्थामा यौन जीवन राम्रो हुँदैन । यसका लागि विभिन्न तत्वहरु शत्रु बनेर देखा परेको हुन्छ ।

मोटोपन

जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन हुछ । यसले उनको यौन–रुचीमा कमी ल्याउँछ । नियमित व्यायम गर्नेको यौनक्रिया राम्रो र सक्रिय हुन्छ । त्यसैले व्यायमलाई आफ्नो तालिकामा सामेल गरेर यौन जीवनलाई सक्रिय बनाउनुपर्छ ।

तनाव

बिहानदेखि बेलुकीसम्मको भागदौड, अफिसको वर्कलोड, आर्थिक समस्या, असमयमा खानपानको सोझो असर तनावको रुपमा देखापर्छ । स्वास्थ्यका साथसाथै यसले हाम्रो यौनक्रियामा पनि प्रभाव पार्छ । त्यसैले तनावमुक्त हुनुपर्छ ।

मदिरापान

नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । पत्नीको भावनाको कदर हुँदैन । त्यसैले उत्कृष्ट यौन जीवनका लागि मदिरापान गर्न छोडौ ।

डिप्रेसन

डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कका लागि मन जागृत हुदैंन । अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।

इटेक्टाइन डिसफंशन

पुरुषमा इरेक्सनको समस्या धेरै गंभीर मानिन्छ । यसले तपाईको यौनक्रियाका साथसाथै दाम्पत्य जीवनलाई पनि धराशायी बनाउन सक्छ । त्यसैले यसको निदान खोजिहाल्नुपर्छ ।

उच्च रक्तचाप

सक्रिय यौन जीवनको लागि यौनाङ्गहरुमा पनि राम्ररी रक्तसंचार हुनुपर्छ । तर, उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । परिणाम, यौन इच्छा घट्दै जान्छ ।

गर्भनिरोध औषधी

केहि अध्ययनमा पाइएको छ कि, गर्भनिरोधक औषधीले महिलाको टेस्टोटेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिन्छ ।

यौनबद्र्धक फल


स्ट्रबेरी–
यो भिटामिन सीको राम्रो स्रोत हो, जसले पुरुषमा स्पर्म काउन्ट बढाउँछ । साथै यसले मुटु र रक्त धमनीमा रक्तप्रवाह पनि गराउँछ । यसलाई डार्क चकलेटमा डुबाएर सेवन गर्दा कामोत्तेजना बढाउँछ ।

बदाम–
जिंक सेलेनियम र भिटामिन ईले भरपुर बदामले सेक्स बुस्टरको काम गर्छ । जिंकले सेक्स हर्मोन बढाउने काम गर्छ । भिटामिन ईले मुटुलाई स्वास्थ्य राख्छ ।

सेक्स किलर फुड्स
– चिज
– डाइट सोडा
– सोया
– कृत्रिम गुलियो
– चिप्लो खानेकुरा आदी

Logo