काठमाडौं ,२८,पुस
भूकम्पपछि भत्किएका आवास पुनर्निर्माणका लागि आवश्यक पर्ने काठको माग गर्दै पीडितले सरकारी निकायमा दिएको निवेदनको चाङ लागेको छ । "/>

काठका लागि भूकम्पपीडितको निवेदनका चाङ

काठका लागि भूकम्पपीडितको निवेदनका चाङ


काठमाडौं ,२८,पुस
भूकम्पपछि भत्किएका आवास पुनर्निर्माणका लागि आवश्यक पर्ने काठको माग गर्दै पीडितले सरकारी निकायमा दिएको निवेदनको चाङ लागेको छ । पुनर्निर्माणको गतिसँगै काठको माग पनि एक्कासी बढ्दा निवेदनको चाङ बढेको हो ।

सरकारले भूकम्पपीडितका लागि सहुलियतमा काठ उपलब्ध गराउँदै आइरहेको छ । बजारमा प्रतिक्युफिट ‘ए’ ग्रेडको सालको काठलाई करिब ५ हजार ५ सय रुपैयाँ देखि ६ हजार ६ सय रुपैयाँ सम्म पर्छ । तर सरकारले भूकम्पपीडितका लागि प्रतिक्युफिट सालको ए ग्रेडकै काठ २ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । भूकम्पपीडितका लागि सरकारले सहुलियत दरमा काठ उपलब्ध गराउँदै आएपछि सरकारले दिएको सुविधाका लागि निवेदन दिनेको संख्या बढेको हो । सरकारले उपत्यकामा प्रतिघरका लागि चिरान काठ ५० क्युफिट र गोलिया काठ ७५ क्युफिटसम्म उपलब्ध गराउँदै आइरहेको छ । पुनर्निर्माणको लागि पहिलो किस्ता लिएपछि मात्रै सरकारले काठ उपलब्ध गराउँछ ।

वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले उपत्यकामा काठको मागको चाप धेरै भएको स्वीकार गर्दै टीसीएनलाई थप काठ उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् । “ग्रामिण भूभागमा भन्दा सहरी क्षेत्रमा काठको मागको चाप बढी छ, तर माग अनुसार आपूर्ति व्यवस्थापनका लागि कसरत थालिसकेका छौं,” उनले भने, “पहाडी क्षेत्रका माग पूरा गर्न तराईका जिल्लाबाट काठ ल्याउँदै छौं, काठ अपुग भएर निर्माणको काम रोकिएको भन्ने गुनासो आउन दिने छैनौं ।”

कारोबारबाट

Skip This
Logo