काठमाडौं ,२८,पुस
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी ओली केन्द्रित हुने बताएका छन् । "/>

डा. गोविन्द केसी पक्षधरको चेतावनी : अबको आन्दोलन केपी ओली विरुद्ध !

डा. गोविन्द केसी पक्षधरको चेतावनी : अबको आन्दोलन केपी ओली विरुद्ध !


काठमाडौं ,२८,पुस
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी ओली केन्द्रित हुने बताएका छन् । बिहीबार माइतीघर मण्डलामा गरेको विरोध सभामा केसी समर्थकले एमाले माफियाको पार्टी भएको आरोप लगाए । स्वास्थ्य उपचारका लागि थाइल्यान्ड प्रस्थान गर्ने क्रममा बुधबार ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ‘निर्वाचन आयोगलाई कानुनी असहजता भए डा. गोविन्द केसीलाई सोध्नु’ भनेर अभिव्यक्ति दिएपछि उनका समर्थक आक्रोशित भएका हुन् ।
केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु पर्ने बताए । अधिवक्ता अर्यालले केसी विरुद्ध पटकपटक ओलीको अभिव्यक्ति आएको बताए । ‘अबको केसीको आन्दोलन एमाले अध्यक्ष ओली विरुद्ध हो,’ उनले भने, ‘ओलीको नक्कली राष्ट्रवाद हामीले निरन्तर नियालिरहेका छौँ । यस्तो नक्कली राष्ट्रवाद ढालेरै छाड्छौँ ।’ उनले डा. केसीलाई मरे पनि मरोस् भन्ने र विरोध गर्ने मान्छेहरू ओलीको संरक्षणमा रहेको आरोप लगाए ।

केसीका सहयोगी डा. अभिषेकराज सिंहले लोकमानतन्त्रको अन्त्य गरिसकेकाले अब ओलीको पालो आएको बताए । ‘लोकमानलाई ढाल्ने यिनै आन्दोलनकारी हुन्, यसले नै ओली शासन ढालेर देखाउनेछौँ,’ सिंहले भने, ‘हामी उनलाई ज्ञानको पाठ सिकाउँछौँ ।’ सामान्य रूपमा बिरामी भएको अवस्थामा तीन करोड नेपालीले तिरेको करबाट उपचारका लागि विदेश जानु लज्जाको विषय भएको पनि उनले बताए ।

नयाँपत्रिकाबाट

Skip This
Logo