सुशान्त र अप्सनाको ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक

फागुन १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक चार पोष्टरमा चलचित्रका मुख्य नायक सुशान्त कार्की र नायिका अप्सना थापालाई प्रस्तुत गरिएको छ ।

दिनेश सिंह ठकुरी निर्देशित चलचित्र काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण गरिएको हो । ज्योती फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ ।

निर्देशक ठकुरीले चलचित्रको पोष्टर रिलिजसँगै अहिले मिक्सिङको काम भइरहेको बताए । ‘अहिले पोष्टर रिलिज गरेसँगै पोष्ट प्रोडक्सनको काम गरिरहेका छौं, साथै पोष्टरहरु सबै हलहरुमा पुगिसकेको छ’ ठकुरीले जानकारी दिए ।

बिनोद सापकोटाको छायांकन, रेशम थापाकोे कथा, शिब थारुले सम्पादन गरेको चलचित्रमा सुशान्त र अप्सनासँगै किशोर खतिवडा, संञ्चिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित समाचारहरु