काठमाडौं,२७, पुस
७५३ स्थानीय तह मध्ये ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । २३ स्थानीय तहको केन्द्र र ९ स्थानीय तहको नाम परिवर्तन गरिएको छ भने १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । "/>

४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन


काठमाडौं,२७, पुस
७५३ स्थानीय तह मध्ये ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । २३ स्थानीय तहको केन्द्र र ९ स्थानीय तहको नाम परिवर्तन गरिएको छ भने १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । गाउँ तथा नगरसभाको सिफारिसकै आधारमा सरकारले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ अनुसार स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो । जसमा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिना भित्रमा सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट एकपटकका लागि स्थानीय तहको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सकिने उल्लेख छ ।

गाउँ तथा नगरसभाबाट नाम वा केन्द्र हेरफेर गर्नका लागि प्रस्ताव पारित गरी सरकारलाई सिफारिस गरिएको खण्डमा सरकारले सो सिफारिस अनुसार गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र फेरिएको घोषणा गर्नु पर्ने कानूनी व्यवस्था छ । सरकारले गत २४ पुसको राजपत्रमा सूचना प्रकाशित गरी ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको जनाएको हो ।
राजधानीबाट

Logo