काठमाडौं,२७, पुस
वाम गठबन्धन प्रदेश सरकार गठनको तयारीमा जुटेको छ। सरकारले प्रदेश प्रमुख नियक्तिको अन्तिम तयारी गरिरहँदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले प्रदेश सरकार गठनको आन्तरिक तयारी थालेका हुन्। "/>

वाम गठबन्धनले प्रदेश सरकार गठनको तयारी थाल्यो

वाम गठबन्धनले प्रदेश सरकार गठनको तयारी थाल्यो


काठमाडौं,२७, पुस
वाम गठबन्धन प्रदेश सरकार गठनको तयारीमा जुटेको छ। सरकारले प्रदेश प्रमुख नियक्तिको अन्तिम तयारी गरिरहँदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले प्रदेश सरकार गठनको आन्तरिक तयारी थालेका हुन्। मंगलबार पार्टी एकता संयोजन समितिले गठन गरेको दुई दलीय कार्यदललाई एमाले र माओवादी केन्द्रका अध्यक्षले बुधबार विशेष निर्देश दिएका छन् । उनीहरूले राष्ट्रिय सभा, प्रदेश सभा, प्रदेश सरकार गठनका सम्बन्धमा प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएका हुन्।

सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने बित्तिकै प्रदेशसभाका सदस्यहरूको सपथ हुनेछ र प्रदेश सरकार गठनको बाटो खुल्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बुधबार बिहान भएको बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलमा रहेका नेतालाई प्रदेश सभा र प्रदेश सरकारको कार्य विभाजन टुंग्याउन निर्देशन दिएका हुन्।
अन्नपूर्णबाट

Logo