इजलासमै गोविन्द केसीले प्रधानन्यायाधीलाई भ्रष्ट र माफिया भनेपछि

इजलासमै गोविन्द केसीले प्रधानन्यायाधीलाई भ्रष्ट र माफिया भनेपछि


काठमाडौं । डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीशलाई भ्रष्ट भएको ताएका छन् ।

डा. केसीले सुनुवाइका क्रममा उपस्थित भएर आफ्नो धारणा राख्ने बेला प्रधान न्यायाधीश भ्रष्ट र माफिया भएको बताएका हुन् ।

प्रा. डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।

आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको केसीले बताए ।

उनले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको दोहोर्‍याएका छन् ।

अहिले केसी पक्षीय वकिलहरुले बहस गर्दैछन् ।

Skip This
Logo