भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २६ पुस । सरकारले भोलि (बिहिबार) सार्बजनिक बिदा घोषणा गरेको  छ  । गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवसको अवसरमा बिहिबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने जनाएको हो ।

बिहिबार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन हो । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिदै आएकोमा विसं २०६३ देखि बिदा कटौती गरिएको थियो । हालै मात्र उक्त बिदा थप गरिएको हो ।

Logo