“सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” अन्तर्गत बम्पर विजेता घोषणा

“सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” अन्तर्गत बम्पर विजेता घोषणा


काठमाडौं, २६ पुस ।

महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्निमोटो इन्कलेदसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजना अन्तर्गत विजेता घोषणा गरिएको छ ।

योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो ।
यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल र कुपन नं ००१ विर्तामोडका मन्जु खरेल बन्नुभएको छ । उनिहरुको परिवारले ५ दिन४ रातको प्याकेज सहित बैंकक भ्रमण प्राप्त गर्नु गरेका छन् ।

साथै, १५औं दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका दल बहादुर खत्री हुनुभएको छ भने वहाँको कुपन नम्बर ९४९ रहेको छ । यस लक्की ड्रको घोषण महिन्द्रा टु ह्वीलरको अफिसियल फेसबुक पेजःhttps://www.facebook.com/MTWLNepaमार्फत महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री म्यानेजर आशिष जोशीले गर्नु भएको थियो ।

Logo