बेनी ,२५,पुस

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ । "/>

निर्माणधीन झोलुंगेपुलबाट खसेर दुई मजदुरको ज्यान गयो

निर्माणधीन झोलुंगेपुलबाट खसेर दुई मजदुरको ज्यान गयो


बेनी ,२५,पुस

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ । निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका ५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका ४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए । वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिना देखि निर्माणाधीन रहेको छ ।

‘निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुक तर्फबाट बास बस्न फर्कने बेलामा चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एकघण्टा पछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शव भेटिएको वडाअध्यक्ष फगामीले जानकारी दिए ।
अन्नपूर्णबाट 

Logo