काठमाडौं,२५,पुस
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारतबीच विगतमा भएका सन्धि सम्झौतालाई नयाँ आधारमा पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन्। "/>

नयाँ सरकारले भारतसँगका असमान सन्धि-सम्झौता पुनरावलोकन गर्छ :प्रचण्ड

नयाँ सरकारले भारतसँगका असमान सन्धि-सम्झौता पुनरावलोकन गर्छ :प्रचण्ड


काठमाडौं,२५,पुस
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारतबीच विगतमा भएका सन्धि सम्झौतालाई नयाँ आधारमा पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरावलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गरेको उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘विगतमा नेपाल–भारत बीच भएका धेरै सन्धि सम्झौता असमान छन्, त्यसलाई पुनरावलोकन गर्नु पर्छ।’ नेता दाहालले विगतमा सबै राजनीतिक दल मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध थप उचार्इमा पुग्ने बताए।
नागरिकबाट

Logo