यस्ता छन् नेकपा विवादका ५ कारण (भिडियाेसहित)

यस्ता छन् नेकपा विवादका ५ कारण (भिडियाेसहित)


काठमाडौं ।

सत्ताधारी पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालको आन्तरिक झगडा चरमविन्दुमा पुगेको छ । एक बर्षअघि देखि पटक पटक झगडा हुँदै आएको नेकपाभित्र फेरि झगडा तीव्र भएको हो । यो झगडाले २०७४ सालको चुनावबाट धेरै जनमत पाएको पार्टी फुट्ने सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओलीले आफू विरुद्ध बहुमत देखाएर कुनै कदम चाले अप्रिय कदम चाल्ने जवाफ पुष्पकमल दाहाललाई दिएपछि उनीहरुबीचको विवाद कति ठूलो छ भन्ने बुझ्न सकिन्छ । यसअघि पनि विवादमा पर्दा पार्टी भित्र दुबै नेताहरुलाई मिलाउने पहल भएका थिए । तर केही समय विवाद मत्थर हुने त्यसपछि फेरि बल्झिने भइनै रह्यो ।

अहिले पनि गत भदौबाट मत्थर भएको विवाद फेरि बल्झेको हो । विवाद साम्य भएको दुई महिनामै अहिले किन थप विवाद आयो ? अहिले नेकपाभित्र पछिल्लो विवाद बढ्नुका मुख्य ५ कारण छन् । के हुन् त ती कारण, हेराै‌ँ याे भिडियाेमा :

 

Logo